तपाईको पैतालामा यस्तो चिन्ह छ भने तपाईको भाग्य चम्कनेछ!!!

ज्योतिष शास्त्र अनुसार हात हेरेर भविश्य बताउने विषय त हामी सबैलाई थाहा भएकै कुरा हो । तर समुन्द्र शास्त्रले शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने यो शास्त्रमा उल्लेख छ ।यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टाका पैतलामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ । समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन् । यस्ता व्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि ।त्यस्तै कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हुन्छन् ।

यिनीहरुले धन कमाउनकै लागि धेरै मेहनत गर्नु पर्दैन ।जसको पैतालमा त्रिशुलको चिह्न छ त्यस्ता ब्यक्ति निक्कै भाग्यशाली हुन्छन् । सरकारी जागिर वा उच्च पद प्राप्त हुने ब्यक्तिको पैतलामा यस्तो चिह्न हुन्छ ।जसको पैतालामा बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता ब्यक्ति महामानव हुन्छन् । यस्ता व्यक्तिलाई विश्वले चिन्छ ।जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ त्यस्ता धनी भए पनि धनको मतलव नगर्ने हुन्छन् । पैतालामा अंग्रेजी अक्षर ‘टी’ जस्तो आकृति छ भने त्यस्ता व्यक्ति भाग्यशाली हुन्छन् । यस्ता व्यक्तिले व्यापारमा निक्कै सफलता पाउँछन् ।

यो पनि :भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौड को अवस्था सिर्जना भएको छ ।सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ ।

भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन् । प्रहरीले उक्त घट नाको छानबि न शुरु गरिसकेको जनाएको छ ।

यो पनि :नेपाली सांगीतिक क्षेत्रमा धेरै लुकेर रहेका प्रतिभालाई चिनाउने माध्यम बनिरहेको छ विभिन्न रियालिटी शोहरु । यति बेला गायन रियालिटी शो ‘नेपाल आइडल’को तेस्रो सिजन जारी छ । एपि वान टेलिभिजनबाट प्रशारण भैरहेको शो ‘नेपाल आइडल-३’ को उत्कृष्ट ३ प्रतियोगी यति बेला प्रतिस्पर्धामा रहेका छ्न । फाईनलमा पुगेको प्रतिष्प र्धीहरुलाई यतिबेला भोटिङ गर्ने कार्य चलिरहेको छ ।

गत बर्ष सम्पन्न नेपाल आइडलको दोश्रो सिजनले मोरङ्ग उर्लाबारीका निशान भट्टराईलाई चर्चाको शिखरमा पुर्याएको थियो भने यस बर्ष पनि अर्कि एक मोरङ्गेको चर्चा निकै छ । पछिल्लो समय जर्जहरु तथा दर्शकको माया र साथ पाईरहेकी सज्जा चौलागाईं यतिबेला भोट अपिलमा जुटेकी छन् । हेर्नुस् उनलाई यसरी गरिदैछ भोट अपिल ।

मोरङ्ग पथरी शनिश्चरे पुर्खौली घर भएकी सज्जा चौलागाई आफ्नो दरिलो र मिठासपुर्ण आवाजका कारण सबै दर्शकको मन जित्न सफल भएकी छिन । यतिबेला उनी संग प्रतिष्पर्धामा महोत्तरी बर्दिबासका किरण भुजेल र बर्दियाका प्रवीण भेटवाल कडा प्रतिष्पर्धामा रहेका छन् । नेपाल आइडल ३ मा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

सज्जालाई देश-विदेशबाट यसरी भोट गर्न सकिन्छ:
नेपालबाट आफ्नो मोबाइलमा NI11 टाइप गरि 37000 मा पठाउन सक्नुहुनेछ । वा 16667711 Dial गरि आफ्नो मत दिन सक्नुहुनेछ । त्यस्तै भारतबाट (Vodafone) प्रयोगकर्ताले मोबाइलमा NI11 टाइप गरि 53010 मा पठाउनु पर्नेछ । कतारबाट (Oredoo) प्रयोगकर्ताले मोबाइलमा NI11 टाइप गरि 92300 मा सेन्ड गरेर भोट गर्न सकिन्छ । मलेसियाबाट भोट गर्नलाई (All Tetecos) प्रयोगकर्ताले मोबाइलमा NI11 टाइप गरि 33310 मा पठाउनु पर्नेछ । Online Voting का लागी Download Respect and Rise or Esewa app प्रयोग गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस