६ गर्भवती महिला लिएर साथीको विवाहमा पुगे युवक, आफूलाई गर्भमा हुर्किरहेका सबै बच्चाको पिता बताए

विवाह समारोहमा एक व्यक्ति ६ गर्भवती महिलालाई लिएर पुगे र उनले ती सबैको गर्भमा हुर्किरहेको बच्चाको बुवा आफू भएको दाबी गरेका छन् । प्रिटी माइक नामका व्यक्तिको फोटो सोसल मिडियामा निकै चर्चाको विषय बनेको छ ।

प्रिटी माइक नाइजेरियामा बस्छन् र ‘प्लेबोय’ को रुपमा चर्चित छन् । यसअघि पनि उनी थुप्रैपटक चर्चामा आइसकेका छन् । सन् २०१७ मा महिलाको आपत्तिजनक फोटो पोस्ट गरेकोमा उनलाई पक्राउ पनि गरिएको थियो ।

प्रिटी माइक आफ्ना साथी विलियम्स उचेम्बाको विवाहमा ६ गर्भवती महिलासहित पुगे । यसै कारण उनी दुलहा–दुलहीभन्दा बढी चर्चा माइकको छ ।

–एनवाई पोस्ट

प्रतिक्रिया दिनुहोस