आइसले भरिएको बाकसमा साढे २ घण्टा बढी बसेर विश्व किर्तिमान राखे यी व्यक्तिले

एजेन्सी – विश्वमा धेरै अनौठा प्रतिभा भएका मानिसहरु छन् । धेरैले विश्वलाई नै चकित पार्ने अनौठो कार्य गरेर विश्व किर्तिमान पनि राखेका छन् । यस्तै अष्ट्रियाका एक व्यक्तिले अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् ।

अष्ट्रियाका एक पुरुषले आइस भित्र साढे २ घण्टा बढी बसेर विश्व किर्तिमान राखेका हुन् । आइस क्युव भरिएको काँचको बाकसमा २ घण्टा ३० मिनेट ५७ सेकेन्ड बसेर नयाँ विश्व किर्तिमन राख्ने व्यक्ति कोयवर्ल हुन् ।

उनको यो कार्यले अहिले विश्व नै चकित छ । उनले पौडी खेलको कटु मात्र लगाएर आइसले भरिएको काँचको बाकसमा बसे । आइस उनको काँधसम्म आएको थियो ।

सन् २०१९ मा उनले नै राखेको किर्तिमान ३० मिनेटले तोड्न ४ सय ४० पाउन्ड आइस थपेका थिए । उनले उनले उक्त कार्य मेल्क शहरमा आयोजित एक कार्यक्रममा पनि देखाएका थिए ।

पत्रकारको प्रश्नमा उनले चिसोको पिडा खप्नका लागि आफुले निरन्तर सकारात्मक भावनाको परिकल्पना गरेर शरिरमा उर्जा प्रवाह गरेको बताए

प्रतिक्रिया दिनुहोस