पाकिस्तान क्रिकेट टिमका कप्तान बाबरद्वारा कप्तानी पदबाट राजिनामा

काठमाडौं- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले कप्तानी पदबाट राजिनामा दिएका छन् । उनले ३ वटै फर्म्याटको कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ९ मध्ये ४ खेल हारेर टीम प्रतियोगिताबाट बाहिरिएपछि बाबरले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

विश्वकपमा टोली समूह चरणबाटै बाहिरिएपछि उनको आलोचना भएको थियो । लगातारको आलोचना र दबाबका कारण बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका हुन् ।

बाबरले सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी सुरु गरेका थिए ।आजमको राजीनामापछि पाकिस्तानी क्रिकेट बोर्डले टेस्ट र टी–२० फर्म्याटको नयाँ कप्तान घोषणा गरेको छ ।

क्रिकेटर सान मसूदलाई टेस्टको र शाहीन शाह अफ्रिदीलाई अन्तर्राष्ट्रिय टी–२० फर्म्याटको कप्तान घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस