दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्न श्रीलंका पुग्यो नेपाली टोली

काठमाडौं,१४ भदौ । एसिया कप-२०२३ खेलिरहेको नेपाली राष्ट्रिय टिम श्रीलंका पुगेको छ । पाकिस्तानमा हिजोबाट सुरु भएको खेलमा नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

पहिलो खेलमा पराजित नेपालले आफ्नो दोस्रो खेलमा भदौ १८ गते भारतसँग प्रतिस्पर्धा गर्दैछ । भारतसँग प्रतिस्पर्धा गर्न आज नेपाली टिम पाकिस्तानबाट श्रीलंका प्रस्थान गरेको हो ।

पाकिस्तानमै आयोजना हुने एसिया कपमा भारत सहभागी नहुने बताएपछि यसपटकको एसिया कप दुईवटा राष्ट्रमा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस