एसिसी यू–१९ प्रिमियर कपको फाइनलमा  यूएईविरुद्ध नेपाललाई तेस्रो सफलता

एसिसी यू–१९ प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता आकाश त्रिपाठीले दिलाए । उनले यूएईका कप्तान आयान अफजल खानलाई ३० रनमा आउट गरे । नेपाललाई पहिलो सफलता हेमन्त धामीले दिलाए । उनले तनिश सुरीलाई एक रनमा आउट गर्दै ब्रेकथ्रु दिलाएका थिए । यस्तै, यूएईको दोस्रो विकेट सुवास भण्डारीले लिए । उनले अर्का ओपनर आर्यंश शर्मालाई ३२ रनमा आउट गरे । त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८० रन बनायो । नेपालका लागि देव खनालले सर्वाधिक १ सय रनको पारी खेले । उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । देवले अर्जुन कुमालसँग तेस्रो विकेटका लागि १ सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे । त्यस्तै, उत्तम थापा मगरले ५७ रन जोडे । अर्जुन कुमालले ५५ रनको इनिङ खेले । दीपक डुम्रेले २८, दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसीले तीन रन बनाए ।
यूएका लागि हरित शेठ्ठीले पाँच, कप्तान आयन खानले दुई र अम्मर बदानीले एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस