यूएईलाई हराउँदै नेपाल त्रिकोणात्मक टि २० आई सिरिजको फाइनलमा प्रवेश

घरेलु टोली नेपाल अन्तिम लिग खेलमा यूएईलाई हराउँदै अपराजित रहेर त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ ।
फाइनल पुगिसकेको नेपालले यूएईलाई ५ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो । जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९।२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यसअघि नेपालले केन्याविरुद्ध सन् २०२२ मा १ सय ६० रनको लक्ष्य पूरा गरेको थियो ।
नेपालले आफ्नो टि२०आई क्रिकेट इतिहासमा पूरा गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो ।

प्रतिक्रिया दिनुहोस