बिहेकै दिन स्वेता खड्काले सार्वजनिक गरिन यस्तो तस्वीर ( तस्विर सहित )

काठमाडौं-नायिका तथा व्यवसायी स्वेता खड्का आज वैवाहिक जीवनमा बाँधिने भएकी छिन । उनले बिहेकै दिन आफ्नो मेहन्दी कार्यक्रमको फोटो सामाजिक संजालमा सिएर गरेकी छिन। केही तस्विरहरु तल हेर्नुहोस।

स्वेताको बिहेको कार्ड आफन्त र नजिकका साथीभाइलाई समेत दिइएको छ । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग बिहे गर्न लागेकी हुन् ।

विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । यी दुईले गोकर्ण फरेस्ट रिसोर्टमा बिहे गर्न लागेका हुन् ।‘कहाँ भेटिएला’ नामक फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी स्वेताले पछिल्लो समय ‘कान्छी’ निर्माण गरेकी थिइन् ।

यसअघि स्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि।सं। २०७३ सालमा बिहे गरेकी थिइन् ।बिहे गरेको एक महिनापछि श्रीकृष्णको निमोनियाका कारण उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस