भक्तपुरबाट काठमाडौँ जाँदै गरेको ट्रकले स्कुटरलाई ठ’क्कर दिँदा नरहरिको पानी पनि भन्न नपाइ गयो ज्या’न

गोर्खाली खबर

काठमाडौ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर उकालोमा आज भक्तपुरबाट काठमाडाँैतर्फ जाँदै गरेको लु२ख ६७८ नंको ट्रकले ठ’क्क’र दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ ।

ट्रकको पछाडिको भागले सोही दिशातर्फ जाँदै गरेको बा८२प ९७३७ नंको स्कुटरलाई ठ’क्क’र दिई ट्र’कको पछाडिपट्टिको चक्काले कि’च्दा स्कुटर चालक सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ५८ वर्षीय नरहरि न्यौपानेको मृ’त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनापछि उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगे पनि चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । घटनापछि प्रहरीले दुवै सवारी साधन र ट्रक चालक रुपन्देही सियारी गाउँपालिका–२ बस्ने ४० वर्षीय ओमप्रकाश चमारलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरीवृत्त थिमिमा राखिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस