कार पुलबाट तल खस्यो तर यो खस्न भन्दा १० मिनेट अगाडिको घटनाले बनाउने छ चकित !

एजेन्सी । नेपालमा सर्वसाधारणलाई लाग्छ ट्राफिक नियम ट्राफिक प्रहरीहरुका लागि हो । त्यसैले ट्राफिक प्रहरीलाई देखेपछि मात्र सवारी चलाउनेहरुले नियम पालना गर्न थाल्छन् । सवारी लाइसेन्स पनि भनसुनका आधारमा लिने परिपाटी थियो । तर अहिले विस्तारै त्यस्तो कम हुन थालेको छ । अनुगमन र ट्राफिक ब्यवस्थापनमा केही सकारात्मक कामहरु भएका छन् ।

त्यसैले अहिले नेपालमा पनि सवारी चालक हुनु त्यति सजिलो काम छैन । लाइसेन्स लिन पनि निकै मेहनत गर्नुपर्छ । चालकले लाइसेन्स पाउनका लागि ड्राइभिङ टेस्ट दिएर उत्तीर्ण हुनुपर्ने हुन्छ । यसै विषयमा हालचालै चीनमा भएके एउटा घटनाले नेपालकै झल्को दिएको छ ।

कार ड्राइभिङ टेस्ट दिएर एक चीनीयाँ व्यक्तिले लाइसेन्स लिने परिक्षा पास गरे । उनले टेष्ट पास गरेको १० मिनेटमै कार खोलामा खसले । यसवाट के बुझिन्छ भने कागजी प्रमाणपत्रले मात्र होइन अनुभवले मात्र त्यस्तो प्राविधिक काम गर्न सकिन्छ । ती व्यक्तिले गुइचो प्रान्तमा रहेको लाओपिङ पुलबाट कार खोलामा खसाएका हुन् । झाङ नाम गरेका उनले कार चलाउँदै गर्दा मोबाइलमा ड्राइभिङ टेस्ट पास गरेकोमा आएको बधाई सन्देश पढिरहेका थिए । उनको ध्यान त्यती मोडियो जसका कारण कार खोलामा खसाले ।

भिडियोमा झाङले पुलमा गाडी ल्याउँदा केही मानिस पुल तरिरहेका पनि थिए । अचानक आफ्ना अगाडी मानिसलाई देखेपछि उनको ध्यान भड्कियो । अनि उनले गाडीलाई देब्रेतिर मोडे र कार खोलामा खस्न पुगेको हो ।

कार केही बेर पानीमा तैरियो । झाङले कारको ढोका खोल्न नसकेपछि अर्कोतिरको ढोकामा लात हानेर खोले अनि बाहिर निस्किए । पछि स्थानीयहरूको सहयोगमा उनको उद्दार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस