प्रेमिकासंग छिट्टै विवाह गर्ने बताउने दुर्गेश थापा बने रियलमै बुवा, बधाईको ओईरो

गोर्खाली खबर

विभिन्न गित संगीतबाट चर्चा कमाएका र बेला बेला बिबादमा परिरहने नेपालका चर्चित गायक तथा मोडल दुर्गेश थापा छोराको बाबु बनेका छन् । उनले सामाजिक संजाल फेसबुकमा फिलिंग ह्याप्पी भनेर सनिवार १० गते पोस्ट गरेका थिए । तर उनले ह्याप्पी हुनुको कारण खुलाएका भने थिएनन ।

आज आईतवार उनले आफ्नो सन्तानको तस्विर सार्बजनिक गरेपछि भने धेरैजना अचम्मित परेका छन् । उनलाई यतिबेला सामाजिक संजालमा बुवा बनेको भन्दै बधाई दीईरहेका छन् । तर उनलाई बधाई दिनेहरु नै अलमल्ल परिरहेको देखिन्छ ।

आफु प्रेममा रहेको र छिट्टै विवाह गर्ने बताउने थापाले आफ्नो छोरा भएको भन्दा यो कुरालाई फ्यानहरुले पत्याउनै सकेका छैनन् ।उनले केहि अघि आफ्नो प्रेमीका भन्दै प्राची लामालाई सामाजिक संजालमा चिनाएका थिए भने प्राची संग थापाले म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

अहिले छोराको तस्विर सार्बजनिक गर्दै उनै लामालाई आमाको रुपमा परिचित गराएका छन् । यसअर्थमा थापालाई ब्यक्तिगत कुरा आफ्नो फ्यान र मिडियामाझ लुकाउन सिपालु छन् भन्ने बुझिन्छ ।

थापाले छोरा बोकेको तस्विर आफ्नो फेसबुक पेजमा राख्दै ‘नयाँ मान्छेलाई सुनौलो संसारमा स्वागत छ’ भनेर लेखेका छन् भने जहा प्राची लामालाई पनि मेन्सन गरेका छन् ।त्यस्तै अभिनेत्री एलिजा गौतमले पनि दूर्गेशले बच्चा बोकेको फोटो फेसबुकमा राख्दै बधाई दिएकि छन ।

सनिबार काठमाण्डौको ह्याम्स हस्पिटलमा दुर्गेशकि प्रेमिका प्राचीको कोखबाट उनले छोरालाई जन्म दिएकि हुन् । प्राचीको घर सिमिकोट हो, बिगत केहि समयदेखि उनि काठमाण्डौमा बस्दै आएकी छिन ।

उनि ब्लु क्रश हस्पिटलमा कार्यरत छिन भने उनि नेपाल स्पार्ड मोडल २०१७ को सेकेण्ड रनर अप समेत भएकी थिइन् । उनले आफ्नी प्रेमिका प्राचिलाई दिएको सुभकमनाले दुर्गेशका फ्यानहरु जति अचम्मित परेका थिए त्यो भन्दा बढी अचम्मित दुर्गेश बुवा बन्दा परेका छन् । जे होस् हाम्रो तर्फ बाटपनि बधाई तथा सुभकामना ।


प्रतिक्रिया दिनुहोस