अस्पतालको सैंयाबाटै ‘म बाँ’च्दिन, मलाई घरमा पुर्याई दिनुस्’ भनेका लाल बहादुर गुरुङको कुबेतमा नि’धन

काठमाडौं, माघ २०- लमजुङ जिल्ला क्होलासोथार ५ सिङ्दी घर भएका लाल बहादुर गुरुङको उपचारकै क्रममा कुवेतमा एक नेपाली युवाको निधन भएको छ । जण्डिस रोगबाट पिडित ३४ बर्षिय गुरुङको मंगलबार (आज) आदान अस्पतालमा मृत्यु भएको हो ।

प्राप्त जानकारी अनुसार जण्डिस रोगबाट पिडित गुरुङको ३ हप्तादेखि कुवेतस्थित आदान अस्पतालमा उपचार भइरहको थियो । गुरुङ बिगत ११ बर्षदेखी कुवेतमा कार्यरत थिए । उपचाररत गुरुङको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले उपचार खर्च जुटाउन रोहण कर्माचार्य, भेद गुरुङ लगायतको पहलमा आर्थिक सहयोग संकलन अभियानसमेत संचालन गरिएको माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब कुवेतका अध्यक्ष डम्बर प्रसाद रिमालले हाम्रोसंचारलाई जानकारी दिए ।

उनि कुवेतमा अबैधानिक रुपमा बस्दै आएका थिए । तर गुरुङको ट्राभल ब्याण्ड खोल्न कुवेतस्थित नेपाली राजदूतावासको समन्वयमा एनआरएनए, तमु समाज कुवेत, लमजुङ समाज कुवेत र सामाजिक अभियान्ताहरुले सहयोग गरेका थिए ।

रिमालले दुख व्यक्त गर्दै भने, ‘उहाँलाई अस्पतालमा भेट्न जाँदा, अस्पतालको सैंयाबाटै म बाँ’ च्दिन, मलाई घरमा पुर्याई दिनुस्’ भनेर दुख पोखेको यो कानमा गुन्जिरहेको छ ।’ रिमालका अनुसार उनलाई बचाउँन र स्वदेश फर्काउन ट्राभल ब्याण्ड खोल्ने लगायत सबै प्रक्रिया पुरा गरेर पठाउने अन्तिम तयारी भैरहेको थियो ।

अस्पतालले कुवेतस्थित नेपाली राजदूतावासलाई जानकारी दिइसकेको बुझिएको छ । गुरुङको उद्धार गर्न कुवेतमा केही रकम संकलन भैरहेकोले उनको नाममा संकलित रकम उनका छोराछोरी, श्रीमती आमाबुबा हातमा पुर्याउन पनि रिमालले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस