तपाइले ,हप्तामा दुई दिन रातभर भिजाएर बिहान खानुहोस् बदाम, हुनेछन् यस्ता समस्या समाधान !!!

(जीवनभर स्वस्थ रहनु धेरै मानिसको चाहना हुन्छ। स्वस्थ र फिट रहनका लागि सन्तुलित हाइट पनि फलो गर्नु पर्ने हुन्छ।)

सन्तुलित भोजनको सेवन गर्न थालपछि विस्तारै तपाईका स्वास्थ्य समस्या दूर भएर स्वस्थ बन्नमा सहयोग मिल्छ।

आज हामी तपाईलाई रातभर भिजाएको बदाम खानुका फाइदाका बारेमा जानकारी दिदैछौँ । तर ध्यान दिनुहोस् हरेक दिन यसको सेवन नगर्नुहोस्।

किनकी यसमा हाइ प्रोटिन पाइने भएका कारण पेटमा ग्यास भरिने समस्या हुने गर्छ। त्यसैले हप्तामा दुई दिन यसको सेवन गर्नु राम्रो हुन्छ।

यी हुन् भिजाएर बदाम खानुका फाइदा

*) यसले तपाईको शरीरमा उर्जाको स्तर बढाउने काम गर्छ। यसको सेवन गर्दा तपाई जुन काम गर्नुहोस्, त्यो काम अधिक तत्पर भएर गर्न सहयोग मिल्छ। यसले फ्रेस महशु्स गराउने गर्छ।

*) यदी तपाईको जार्ने दुख्ने समस्या छ, हड्डी र मांसपेसी कमजोर छ भने यसको सेवन गर्नुहोस्। यसले हड्डी बलियो बनाउनुका साथै कमजोरी दूर गरेर शरीरलाई शक्ति प्रदान गर्छ।

*) भिजाएको बदाम दिमागका लागि पनि निकै राम्रो मानिन्छ। यसमा निकै राम्रो पोषण तत्व पाइने भएकाले स्मरण शक्ति तेज बनाउनमा सहयोग पुर्याउने काम गर्छ।

*) यो पेटका लागि पनि निकै फाइदा जनक हुन्छ। पेटमा विभिन्न विसिमका समस्या देखिएका छन् भने त्यसलाई कम गर्नमा भिजाएको बदाम निकै लाभदायिक मानिन्छ।

*) भिजाएको बदामको सेवनबाट जुन पोषण तत्व प्राप्त हुन्छ, त्यसले हाम्रो शरीरको ब्लड सर्कुलेशन राम्रो बनाउने काम गर्छ।

प्रतिक्रिया दिनुहोस