सियोनाको अबस्था झनै ज’टिल, हस्पिटलले पनि हार मा’न्यो, तपाईंको थोरै सहयोगले बच्नेछ यो नानिको ज्यान,

स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई संसार भरी बाट आर्थिक संकलन हुने प्रक्रिया जारी छ ।

थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा अहिले सम्म १६ करोड नेपाली रकम भन्दा धेरै संकलन भएको सियोना को आमाले जानकारी गराउनु भएको छ सामाजिक संजाल मा लाइव गर्दै उहाले आफ्नो छोरी लाइ बचाउन आग्रह गर्नु भएको छ ।

सियोना को पुरै उपचार को लागी २५ करोड नेपाली रुपया को खर्च लाग्ने जानकारी गराउनु भएको छ सियोना को आमा लेख्नु हुन्छ : सियोना जन्मेको २०७६/५/२६ गते अहिले १६ महिना भयो सियोना यो रोग संग लडेको ६ महिना को उमेर देखि हो र अहिले सम्म लड्दै आको छ ।

यो समाचार पनि पढ्नुस् :

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद् विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हान गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा डा.भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन आहृवान गरे ।

‘कांग्रेस, नेकपा प्रचण्ड–नेपाल पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना गर्‍यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन्’ उनले भने, ‘ओलीको प्रतिक्रान्ति सच्याउने २०६२/०६३ मा जस्तो १९ दिन आन्दोलन गर्नुपर्दैन ।’

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका डा.भट्टराईले ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपर्युक्त विकल्प भएको बताए ।

‘हाम्रा मतभिन्नता छाडेर सात दिन सडक ठप्प पारौं, यो प्रतिक्रान्ति सुल्टिन्छ, हामी सही ट्रयाकमा जान्छौं’ उनले भने ।

कांग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ताले ओलीको प्रतिगमनविरुद्ध आवाज उठाएपनि केन्द्रीय नेताहरू अलमलिएको उनको दाबी छ

 

प्रतिक्रिया दिनुहोस