मृतकको शव बैंकको खातामा रहेको १ लाख १८ हजार रुपैया लिन गयो, बैंकका कर्मचारीको उ’ड्यो होस्

एजेन्सी । जब मृत्यु भइसकेका ब्यक्ति आफ्नो खातामा भएको पैसा लिन भन्दै बैंकमा पुगे त्यहाँका कर्मचारीको होस उड्यो । निधन भइसकेका ब्यक्तिको खातामा पैसा बाँकी थियो । त्यही पैसा निकालन शव बैंकमा पुगेको हो । भारतबिहारको राजधानी पटनामा भएको घटनाले अहिले भारतीय मिडियामा चर्चा पाएको छ ।

वास्तवमा यो अनौठो घटना पटना शहरसँगै शाहजहाँपुर पुलिस स्टेशन क्षेत्रको सिग्रीवान गाउँको हो। जहाँ क्यानरा बैंकको शाखा छ। सिग्रीवान गाउँका ६५ वर्षीय महेश यादवको मंगलबार बिहान बिमारीले गर्दा मृत्यु भयो।

विपन्न परिवारका उनको अन्त्यष्टि गर्ने पैसा पनि परिवारका सदस्यसंग थिएन । त्यसैले उनको खातामा भएको पैसा दिन बैंकका कर्मचारीलाई आग्रह गरे । तर बैंक प्रबन्धकले पैसा दिन इन्कार गरे।

यो देखेर रिसाएका गाृँलेहरु महेश यादवको शव लिएर बैंकमा पुगे र शव बैंकमा लगेर राखिदिए। यो दृश्य देखेर बैंकका कर्मचारीहरू पनि चकित भए। महेशको शव लगभग तीन घण्टा बैंकमा राखियो । उनको खाताको पैसा निकाल्न नमिल्ने बताउँदा पनि गाउँलेहरु मानेनन् । तर बैंकको म्यानेजरले ब्यक्तिगत रुपमा १० हजार रूपैयाँ दिएर यो घटना मिलाए ।

पैसा पाएपछि गाउँलेहरूले महेशको अन्तिम संस्कार गरे । महेशको विवाह भएको थिएन र उनको परिवारमा कोही पनि थिएन । उनको बैंक खातामा एक लाख १८ हजार रुपैयाँ थियो। तर उनीसँग बैंक खातामा नामांकन थिएन। बैंकमा उनले पारिवारिक विवरण पनि बुझाएका थिएनन् । यस कारणले बैंकले उनलाई पैसा दिन अस्वीकार गर्‍यो।

क्यानरा बैंकका म्यानेजर संजीव कुमारले भने कि गाउँलेहरू महेशबाट पैसा लिन आएका थिए। उनलाई दाहसंस्कारका लागि पैसा चाहिएको थियो। तर बैंकको एक प्रक्रिया छ। उनको अनुसार, उनले त्यसै पैसा दिन सकेनन् । त्यसैले सहयोगका लागि १० हजार रुपैया दिएर पठाए । सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस