विवाह भएको तीन दिनसम्म शौचालय जान नपाउँने अनौठो चलन!

संसारमा बिभिन्न परम्परा र रितिरिवाजहरु छन्। जुन कुरा सुन्दा नै हामीलाई अचम्म लाग्दछ। इण्डोनशियाको टिडन्ग नामक आदिवासी समुदायमा ववाह गरेको तीन दिनसम्म गरेपछि ट्वा,इलेट नै जान नपाइने विचित्रको परम्परा छ। उक्त समुदायमा विवाह गरेको तीन दिनसम्म बेहुला बेहुलीलाई शौचालय जाने अनुमति छैन।

विवाहपछि नयाँ दुलाहा दुलहीले ट्वाइलेट नै बार्नुपर्ने यो संस्कारका पछाडि केही कारणहरु छन्। विावहको तीनन दिनसम्म यदि बेहुला बेहुलीले घरको ट्वाइलेट प्रयोग गरेमा भाग्य बिग्रिने र बिहे धेरै नटिक्ने, कुनै अप्रिय घटना हुने वा कसैको मृ, त्यु हुन्छ भन्ने धारणा छ।

ट्वा,इलेट जान नपाउने भएपछि नयाँ बेहुला बेहुलीलाई विवाहको तीन दिनसम्म खानेकुरा पनि कम दिइन्छ। तिन दिनपछि यो परम्परा पूरा भएसँगै बेहुला बेहुलीले नुहाइधुवाइ गर्दछन् र आफ्नो नयाँ जिन्दगीको शुरुवात गर्दछन्।

उक्त समुदायमा अर्को परम्परा पनि छ। जबसम्म बेहुलाले आफ्नी बेहुलीका लागि गीत गाउँदैन तबसम्म उसले बेहुलीलाई हेर्न पाउँदैन। त्यस्तै युवतीहरु आफ्नो विवाह पक्का भएसँगै विवाह नटुंगिउन्जेल आफ्नो बुवाआमाको घरबाट बाहिर निस्कन पाउँदैनन्। यदि विवहमा जन्ति तोकिएको समयभन्दा ढिलो आएमा बेहुला पक्षले बेहुली पक्षलाई जरिवाना तिर्नुपर्दछ। एजेन्सी

पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थितिमा हिमानी ट्रष्टद्वारा झापाको भद्रपुरमा राहत वितरण (तस्वीर)

पूर्वराजपरिवारद्वारा सञ्चालित हिमानी ट्रस्टले झापाको भद्रपुर-२ गौरीशंकरमा राहत वितरण गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा ट्रष्टले स्थानीय सिंहदेवी आधारभुत विद्यालयका विद्यार्थीलाई पौष्टिक खानेकुरा, ज्याकेट र स्थानीय वृद्धवृद्धा तथा अशक्तलाई सिल्पिङ्ग ब्याग वितरण गरिएको हो ।

ट्रष्टकी अध्यक्ष तथा पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा तथा पूर्व नवयुवराजधिराज हृदयेन्द्र शाहले ६५ जना विद्यार्थीका लागि पौष्टिक खानेकुरा र ज्याकेट, ३० घरका वृद्धवृद्धा तथा अशक्तलाई स्लिपिङ्ग ब्याग वितरण गरेका थिए ।

कार्यक्रममा सहभागीले पूर्वराजपरिवारका पक्षमा नाराबाजी समेत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रसहित उनका परिवारका सदस्यहरु २ सातादेखि झापाको दमकमा रहेको चिया बगानमा अवस्थित निवासमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस