यस्तो घटना जसलाई कसैले पनि पत्याउने थिएन यदी यो घटना क्यामेरामा कैद नभएको भए, जान्नका लागी भिडियो सहित पुरा हेर्नुहोस

मोबाइल अथवा कम्प्युटरमा इन्टरनेट प्रविधि मार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, सूचना, डिजिटल फोटो, भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ ।

यो वेवसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधनको रूपमा पनि लिन सकिन्छ । यो समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । इमेल,फेसबुक, युट्युब, भाइबर, ट्वीटर , इन्स्टाग्राम,ह्वाट्सअप आदि सामाजिक सञ्जालमा पर्दछन् । एक अध्ययनका अनुसार सामाजिक सञ्जालमा मानिसहरू २० देखि २५ प्रतिशत समय विताउने गर्दछन ।

सामाजिक सञ्जालबाट मानिसहरू एकअर्काबीच सूचना आदान प्रदान छिटाछरितो गर्न सकिने, घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने, महत्वपूर्ण कागजात, फोटो एवं भिडियो

तुरुन्तै आदानप्रदान गर्न सकिने, कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने, घरमै बसेर खरिदबिक्री गर्न सकिने, आफ्ना विचार भावना राख्न सजिलो हुने, सारा विश्वलाई एउटै गाउँमा ल्याउन सहयोग पुग्ने, अध्ययन अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्ने, व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यवसाय सबैले हरेक काममा प्रयोग गर्न सकिने जस्ता विषयहरूले मानवजीवनमा सहज र सरल बनाएको छ ।

मानिसहरू तथा प्रयोगकर्ताले सामाजिक सञ्जालको सहि सदुपयोग गरेमा मानवजिवनका हरेक गतिविधिमा सकारात्मक प्रभाव पारेको मानिन्छ । अज लकडाउन तथा विषम परिस्थितिमा भर्चुयल कक्षा सञ्चालन गरि विद्धार्थीहरूलाई फाईदा पुराएको छ भने कोरोना भाईरसको संक्रमणबाट जोगिन विभिन्न बैठकहरू जुमएप्सको माध्यमबाट भर्चुवल बैठक सञ्चालन समेत भएका छन् । यसरी हेर्दा सामाजिक सञ्जालको महत्व अति नै देखिन्छ ।

मानिसको आचरण र अवस्थाअनुसार फरक मानिसलाई सामाजिक सञ्जालले फरक तरिकाले प्रभाव पारिरहेको छ । आधुनिक युगमा खानेपीउने, खेल्ने, लगायतका मोहसँगै सामाजिक सञ्जालको मोह पनि चुलिँदो छ ।

सामाजिक सञ्जालका धेरै लाभदायी पक्षहरु पनि छन् । यसको सही सदुपयोग गरी यसबाट भरपूर फाइदा लिनसक्नु नै बुध्दीमत्तता हुन्छ । सामाजिक सञ्जालले टाढा भएकोलाई जोड्ने तर नजिक रहेकोलाई टाढा बनाउन सक्छ । त्यसैले सामाजिक सञ्जाललाई सहि प्रयोग गरिएन भने जीवनमा ठूलो क्षती पुराउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस