घरको ढोका खोल्दा यदि आवाज आउँछ भने सावधान हुनुहोस्, जान्नुहोस् यस्तो छ कारण

सुख र समृद्धिको लागि समस्यामा रहेका मानिसहरूले वास्तुको केही तरिका अपनाउँदा आकर्षक समृद्धि मिल्ने आम मानिसको धारण रहेको छ । यसकारण वास्तु शास्त्रका अनुसार घरको ढोका खोल्दा आवाज आउँदा कस्ता नोक्सान हुनसक्छ, जसको बारेमा यहाँ चर्चा गरिएको छ ।

-ढोका सकारात्मक ऊर्जाको केन्द्र बिन्दु हुन्छ । यसकारण ढोका खोल्दा र बन्द गर्दा आवाज आउनु हुँदैन किनकी यसलाई अशुभ मानिन्छ ।-यदि घरको ढोका भित्रतिर झुकेको छ भने घरमा समस्या बनिरहन्छ जबकी बाहिरतिर झुकेको छ भने घर मालिक प्रायजसो बाहिर नै रहन्छन् ।-घरको मुख्य ढोका सधैँ भित्रतर्फ खुल्नु पर्दछ । बाहिरतर्फ ढोका खुल्दा रोग र खर्छ बढ्छ ।

-घरको मुख्य ढोका खोल्दा रगडिनु हुँदैन । ढोका रगडिदा आर्थिक समस्या आउँछ र पैसा कमाउनको लागि हद भन्दा बढी मेहेनत गर्नुपर्दछ ।-घरको मुख्य ढोका सधैँ कुनै एक तर्फ हुनुपर्दछ । ढोका एकदम बीचमा हुँदा घरमा विवाद, शोक र हानि हुन्छ । साथ-साथै महिलाहरूलाई निकै कष्टको सामना गर्नुपर्ने हुन्छ ।-यदि घरको ढोका आफैँ खुल्छ भने तपाईलाई मानसिक समस्या र मतिभ्रम उत्पन्न हुन्छ र आफैँ बन्द हुन्छ भने कुलको नाश हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस