अटोवाली! संसारकै महान आमा : अटो चलाएर दुई सन्तान डाक्टर बनाईन्

काठमाडौ

संसारकै महान, योद्धा, विजेता, सम्माननीय जति शब्द पुकारेपनि आमा–बाबुका लागि अपुरो नै हुन्छ । जन्मदिनु मात्र हैन । हुर्काएर योग्य बन्नेबाटोसम्म पुर्याउनु सामान्य चीज हैन । तपाईलाई कहिलेकाही लाग्छ होला मेरो लागि त मेरा आमा बाबुको खासै योगदान छैन म आफै सक्ने भएपछि

संघर्ष गर्दै यहाँ आइपुगे । त्यो सोच छ भने तपाई मुर्ख हुनुहुन्छ । किनकी तपाईले सोच्नु भएन की आफै सक्ने चाही कसले बनायो ? यो धर्तीमाआउँने सौभाग्य कसले दियो ? भलै कसैका लागि निक्कै ठूलो योगदान बाबु आमाले दिएको जस्तो देखिएला तर उहाँहरुको सामथ्र्य र हिम्मतका

आधारमा सबै बाबा आमाले आफ्ना सबै सन्तानलाई समान गरेका हुन् । त्यही भीडमा आज हामी एक यस्तो महान आमाको बारेमा जानकारीदिँदैछौ । जो जीवनकालको ४२ औँ वर्षमापनि अटो चलाइरहनुभएको छ । आफ्नी साथी, संगी कोही बढ्यौलीले त कोही रोगले थलिइसके । तर

कञ्चनपुरकी महान आमा गोमा (डगौरा) चौधरीको अझैपनि फुर्ति फार्ती उही छ । बिहान देखि साँझसम्म ओटो कुदाई रहनुभएकोभेटिनुहुन्छ । जब, पुर्नवास नगरपालिका अमर बस्तीबाट १६ वर्षको उमेरमा उहाँको भीमदत्तनगरपालिका २ भाषिका धनबहादुर

चौधरीसँग विवाह भयो त्यसपछि उहाँमाथी झनै संघर्षका दिनहरु थपिन थाले । कमजोर आर्थिक अवस्थाले जीवन जिउन नसकिने पो हो की भन्नेनिराशाले उहाँको परिवारलाईपनि सतायो । केही बर्षपछि एकातिर घरपरिवार र कोखबाट जन्मिने सन्तानको भविष्यको विषयले औधी चिन्ता थपिन

थाल्यो । खासै पढ्ने अवशर नपाउनुभएको उहाँलाई आफ्नो जीवनभन्दा सन्तानको जीवन एकदमै सुधारात्मक होस् भन्ने सपना जाग्न थाल्यो ।कुन आमाको चाहना हुन्न र आफ्ना सन्तान सर्वोत्कृष्ट बनुन् । उहाँलाईपनि त्यही महत्वकांक्षाले हुटहुटी बढायो । तर अब उहाँले जीवनको सुरुवाती

एकदमै सामान्य अर्थात शुन्य विन्दुबाट सुरु गर्नु पर्यो । उहाँले भविष्यको उडान साइकलबाट सुरु गर्नुभयो । साइकलमा मालसामान बोक्दै उहाँले १५वर्ष विताएको पत्तै भएन । उक्त अवधिमा दुई सन्तानकी आमा समेत बनिसकेपछि उहाँलाई अब यो यात्राबाट मात्रपनि आफुले देखेको सपना पुरा

नहुने लाग्छ । उहाँ साइकलमा मालसामान बोकेर विक्रेताकहाँ पु¥याउदै गर्दा उहाँका श्रीमानले सामान्य पसल थाप्न सक्ने बन्नुभयो । पसलकोकारोबार र साइकलमा सामान ओसार–पसार गर्दे छोरी सरिता चौधरीलाई महेन्द्रनगर स्थित बालजागृती विद्यालयमा भर्ना गर्नुभयो । आफुले

देखेको सपना भविष्यको योजना बारीमा भर्खर बिरुवा बन्न टुसाउदै गरेको बीउ जस्तै सरिता देखिन थालिन् । आमालाई झनै काममा फूर्ती बढ्न थाल्यो ।सरिताले प्रवेशिका परीक्षा बालजागृती बाटै उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गरिन् । छोरा सन्तोष चौधरी महेन्द्रनगर स्थित रेडिएण्ट माध्यामीक विद्यालयमा

आफ्नो भविष्यको खाका कोरिरहेका थिए । दुई सन्तानको अध्ययनको सिलसिला जारीरहेपछि उहाँले साइकल बाट अब मोटरसाइकलमा समेतमालसामान बोक्न सुरु गर्नुभयो । मोफसलमा मोटरसाईकल चलाउँने आमाको रुपमा आफ्नो परिचय बदल्नुभयो । उहाँको मोटरसाईकल

 

प्रतिक्रिया दिनुहोस