गर्मीमा दैनिक १ गिलास खर्वुजाको जुस स्वास्थ्यको लागि फाईदाजनक

गोर्खाली खवर,

गर्मीको मौसमसँगै खर्वुजा जस्तो मिठो फल पनि साथै लागेर आउँछ । हुन पनि हो गर्मीमा खर्वुजा साह्रै मन पर्ने फलको रुपमा लिईन्छ । पानीको मात्रा धेरै हुने भएकोले गर्मीमा यो फल खान उपयुक्त हुन्छ । जसले पानीको कमिवाट हुने डिहाइड्रेसनवाट वचाउँछ । खर्वुजा भिटामिन, प्रोटिन र फाइवरको भरपुर श्रोत पनि हो, जुन स्वास्थ्यको लागि आवश्यक हुन्छ । स्वास्थ्यको फाइदाको लागि यसलाई रेगुलर डाइटको रुपमा खान आवश्यक छ । यहाँ हामी खर्वुजाले कस्ता खाले रोगहरुवाट वचाउँछ भनि जानकारी दिन गईरहेका छौं ।

१) व्लड प्रेशर ठिक वनाउँछ ः खर्वुजामा पोटाशियम र म्याग्नेसियम पाउने भएकोले रक्त वाहिनीलाई स्वस्थ राखी सहि रुपमा रक्त प्रवाह हुन मद्दत गर्छ । खर्वुजा जस्तो रसिलो फलमा इलेक्ट्रोलाइट्स हुने भएकोले व्लड प्रेशरलाई सामान्य राख्छ ।

२) पाचन प्रणालीमा फाईदा ः खर्वुजामा प्रचुर मात्रामा फाईवर हुने भएकोले हाम्रो पाचन प्रणाली सुधार्नमा मद्दत गर्दछ । यसमा पानीको मात्रा उच्च हुने भएकोले शरीरमा हुने खराव टक्सिन वाहिर निकाल्न प्रभावकारी हुन्छ ।

३) ऊर्जाको श्रोत ः गर्मीको मौसममा हामी सवै सुस्त हुन्छौं र वास्तवमा काम गर्ने ऊर्जा नै हुँदैन । तर १ गिलास खर्वुजाको जुस पिउने वित्तिकै ऊर्जा प्राप्त भई काममा ठुलो अन्तर महशुस गर्छौं । यसको कारण खर्वुजामा भएको इलेक्ट्रोलाइट्स, कार्वोहाइड्रेट्स र मिनिरलले गर्दा हो । यि तत्वहरुले शरिरमा ऊर्जा वनाउन मद्दत गर्छ ।

४) तौल कम गर्छ ः तपाई छिटो भन्दा छिटो तौल कम गर्न चाहानु हुन्छ भने दैनिक खर्वुजालाई आफ्नो डाइटको रुपमा लिने गर्नुहोस् । यसमा पानीको मात्रा उच्च हुने भएकोले भोक लाग्न नदिई जंक फुड खानवाट रोक्छ ।

५) डायवटिज र क्यान्सरको खतरा कम गर्छ ः खर्वुजामा लाइकोपीन नामक शक्तिशाली एंटीअक्सीडेंट पाइन्छ जसले तपाईको स्वास्थ्यमा हुन सक्ने डायवटिज र क्यान्सरको खतरा कम गर्न मद्दत गर्छ ।

६) मुटुको लागि फाइदाजनक ः खर्वुजामा एमिनो एसिड भरपुर मात्रामा हुने भएकोले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । मुटुको रक्त संचारमा सुधार गर्नुको साथै हर्ट अट्याकको खतरा कम गर्न सहयोग पु¥याउँछ ।

७) दमको रोगमा सहयोगी ः महिलाहरुको मुख्य समस्याको रुपमा देखा परेको दमको रोगको लागि पनि खर्वुजाले सहयोगीको भुमिका निर्वाह गर्छ । खर्वुजाको जुस दैनिक रुपमा पिएर दमको खतरालाई कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस