टेलिभिजन रियालिटी शो मार्फत बिग बोसका कन्टेस्टेन्ट अर्शी खानले स्वयंवर रचाउने

गोर्खाली खवर,

बिग बोस १४ की कन्टेस्टेन्ट अर्शी खान हाईलाईटमा छिन् । उनको तस्विर र भिडियो उनको फ्यानहरुले साह्ै मन पराउँछन् । अर्शी खान एक पटक फेरी चर्चामा आएकी छिन् । उनको फ्यानको लागि एउटा खुशिको खवर पनि आएको छ कि एक चोटी फेरी टेलिभिजनमा रियालिटि शो मार्फत अर्शी खानको स्वयंवर हुन लागेको छ ।
ई–टाइम्सको रिपोर्ट अनुसार आएंगे तेरे सजना को सिजन १ मा अर्शी खान आउन सक्छन् । अर्शीको स्वयंवर राहुल महाजनले होस्ट गर्दैछन् । राहुल महाजनको पनि रियालिटि शो मार्फत नै स्वयंवर भएको थियो । ई–टाइम्सको शुत्र अनुसार मेकर्सले शो को तयारी शुरु गरिसकेको छ ।

शहेनाज गिलको स्वयंवर पछि च्यानल कोही यस्तै व्यक्तिको खोजिमा रहेको जसले टिआरपी वढाउन सकोस् । यस्तोमा अर्शी खान एउटा सही व्यक्ति हुन सक्छ । अर्शी खानले मुम्वइमा आफ्नो घर लिइ सकेको वताईएको छ ।

अर्शीको यो खवरवाट फ्यानहरु ज्यादै खुशी छन् । उनिहरु अर्शीको स्वयंवरको पर्खाइमा छन् । सवै दर्शक एक चोटी फेरी अर्शीलाई टेलिभिजनमा हेर्न चाहन्छन् । बिग वोस १३ सकिने वित्तिकै शहनाज गिल र पारस छावडाको स्वयंवर टेलिभिजनमा टेलिकास्ट भएको थियो ।

यो शो मा टिआरपी खासै वढेको थिएन । टेलिभिजनमा रियालिटी शो मार्फत अहिले सम्म राखी सावंत, राहुल महाजन र रतन राजपुतको स्वयंवर भईसकेको छ, जसलाई दर्शकले ज्यादै मनपराएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस