विवाहको क्षणमा कपडा फुकालिन्छ र गरिन्छ जवरजस्ती किस – चिनको अजिव संस्कार

गोर्खाली खवर,

हाम्रो एक मित्रराष्ट्र चिनमा विवाहलाई उत्सवको रुपमा लिईन्छ । तर कहिले काहीँ यो उत्सवको माहौल नवविवाहित जोडीको लागि लाजमर्दो पनि हुने गरेको छ । चिनमा पनि विवाहमा परिवार र आफन्त विवाह समारोहमा पुग्ने गर्छन् । त्यहाँ नाचगान र रक्सी जम्ने गर्दछ ।

यो भन्दा वाहेक चिनमा नवविवाहित जोडीको साथि र आफन्तहरु यस्तो खेल पनि खेल्छन् जसले ंउनिहरुमा लाजमर्दो परिस्थिति सृजना गर्छ । यस्तो वेडिङ्ग स्टंटहरु अलि भल्गर पनि हुने गर्छ । नवविवाहित जोडीलाई कंवलमा सुताउने, स्ट्रिप गर्ने र उनिहरुको कपडा निकालि नाँगो पार्ने जस्तो रितिरिवाज धेरै साल पहिला देखि चल्दै आईरहेको छ ।

जवकी चिनकै धेरै शहरहरुमा यस्तो खेल निषेध गरिसकेको छ । चिनको शेनडान्ग प्रान्तको जापिंग सिटीमा हालसालै एक नोटिस जारी गरेको छ । यस नोटिसमा भनिएको छ कि विवाहको क्षण दुहाला वा दुलहीको स्ट्रिप गर्ने, उनिहरुलाई वाँधने र जवरजस्ती गर्न निषेध गरिएको छ ।

विवाहीता जोडीले पनि यस्तो रितिरिवाजको आलोचना गर्दै आइरहेको जनाईएको छ । उक्त नोटिसमा विवाहमा आएका साथि तथा आफन्तले दुलाहा दुलहीलाई जवरजस्ती किस गर्न लगाउन पनि नसक्ने, नवविवाहितको हात खुट्टामा कुनैै चिज लगाउने र जवरजस्ती कुनै भल्गर पर्फरमेन्स पनि गराउन निषेध गरिएको जनाईको छ । जस्ले यो नियमलाई पालना गर्दैन उस माथि कडा एक्सन लिईने पनि भनिएको छ ।

धेरै चिनिया कपलहरुले पनि यस्ता गलत रितिरिवाज विरुद्द आवाज उठाएका छन् । जवकी चिनको ग्रामिन इलाका तिर अझै पनि यस्ता रितिरिवजलाई मान्ने गरिन्छ । सन् २०१८ मा चीनको गोइज्हु शहरमा एक दुलाहाको साथिले उसको पुरै कपडा निकालि दिएको थियो । २४ वर्षका यि व्यक्ति सिर्फ आफ्नो अन्डरगार्मेन्टस्मा मात्र थियो । उसको साथिले उसको शरिरमा रक्सी पोखाई दियो । यसवाट वच्नको लागि भाग्दा गुडीरहेको कारले ठक्कर दिई घाईते भयो । पछि ति व्यक्तिहरुलाई गिरफ्तार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस