वलिउडमा जमेकी श्रीलङ्काकी सुन्दरी ज्याकलिन फर्नान्डिज – फ्यान्स् चाहेर पनि हटाउन सक्दैनन् नजर

गोर्खाली खवर,

ज्याकलिनको हरेक दिन क्लीजिंग, टोनिंग र मश्चराईजिंग गर्छिन् । उनि विश्वास गर्छिन्, छाला हर समय सुन्दर, टाईट र ग्लोईग वनाइ राख्न यस्तो गर्न जरुरी छ । ज्याकलिन दिनमा दुई चोटी यो रुटिन फलो गर्छिन् । उनि दिनभर फ्रेश देखिरहन यस्तो गर्छिन् ।

ज्याकलिन भन्छिन्, उनको व्यूटी रेजिममा टी–ट्री आयल छ र यो छाला स्वस्थ्य राख्न प्रभावकारी छ । तपाई आफ्नो साथ पनि यस्तै टी–ट्री आयल भएको व्युटी प्रोडक्ट प्रयोग गर्न सक्नुहुन्छ ।

यस्तो आयल मेडिकल शपमा पनि पाईन्छ । यो तेल छालामा सिधा लगाउनको सट्टा वदामको तेल, नरिवलको तल वा जैतुनको तेलमा मिलाएर लगाउदा वढि प्रभावकारी हुन्छ ।

उनि भन्छिन्, आफ्नो अनुहार क्लिन राख्न वारम्वार अनुहार धुन मन पराउँदिन । किनकी मलाई यो स्मार्ट तरिका लाग्दैन । मेरो हिसावमा दिनमा दुई चोटी फेसवास गर्न काफी हुन्छ ।

आफ्नो स्किनलाई दिनभर फ्रेश र क्लिन राख्न दिनभर पर्याप्त पानी पिउने र हाईडेटिंग मिस्टको उपयोग गर्नु पर्छ । छाला सुन्दर वनाउने टिप्स दिँदै ज्याकलिन भन्छिन्, म आफ्नो छाला क्लीन र हाईड्रेट राख्न हाईड्रेटिंग मिस्ट र दिनभर खुव पानी खाने जस्तो तरिका अपनाउँछु । यस्तो गर्नाले छाला दिनभर नरम भई चम्किलो भइ रहन्छ ।

उनि भन्छिन्, सुन्दरता वढाउन सही व्यूटि प्रोडक्ट्स् छान्नु आवश्यक छ । आफ्नो छालाको हिसावले सही प्रोडक्ट छान्नु पर्छ । सवै जनाको छालाको प्रकृति फरक फरक हुन्छ र त्यो छालालाई आवश्यक पर्ने व्यूटि प्रोडक्ट पनि फरक फरक हुने गर्छ । यसको लागि स्किन एक्स्पर्ट वा आफ्नो व्यूटीशियनसँग सुभाव लिन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस