एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे

नुवाकोटमा एकै परिवारका ६ दिदीबहिनी प्रहरीमा कार्यरत छन् । एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे भएको मानिसलाई विश्वास गर्न गाह्रो पर्छ । तर, यो सत्य हो । नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन् ।

इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली (असई) छिन् । जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन । भने दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) । हाल जमुना र विष्णुले अवकाश लिइसकेको अधिकारी परिवारले जनाएको छ ।

यी ६ चिज घरमा राख्नुहोस् कहिल्यै हुँदैन धनको कमी !
घरमा पैसाको अभावले तनाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन ।यस्तो वास्तु दोषका कारण हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु शास्त्रका अनुसार घरमा केही बस्तुलाई राख्दा धनको अभाव हुँदैन ।

शास्त्रअनुसार घरमा यी ६ कुरा राख्दा धनको अभाव हुँदैनः

– माटोको घडा

घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।

– घरको दक्षिण पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन ।

– घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह्र राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।

– घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभाव हुन दिँदैन ।

– वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभाव हुन दिँदैन ।

– घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अभाव दुर हुन्छ ।

प्रतिक्रिया दिनुहोस