कांग्रेसको महिला ब्रिगेडले आफ्नै जिन्स् पाइन्टमा कैची चलाइन् !!!

गोर्खाली खवर, उत्तराखण्डको मुख्यमन्त्री तीरथ सिंह रावतले फाटेको जिन्स् पाइन्टमा दिएको वयानलाई लिएर कांग्रेसले लगातार विरोध गरिरहेको छ । शुक्रवार कांग्रेसको महिला ब्रिगेडले उनको वयानको विरुद्द सडकको विचमा आफ्नै जिन्स् पाईन्ट कैचिले काटेका छन् ।

खासमा दिल्लीमा कांग्रेसका महिला नेताहरुले मुख्यमन्त्री तीरथसिंहको वयानको विरोध गरेका थिए । यहि सिलसिलामा महिला ब्रिगेडले फाटेको जिन्स् लगाएर र्याली पनि निकालेको थियो ।

विरोधको पोष्टर पनि देख्न सकिन्थ्यो । र्यालीमा कति महिलाहरुको हातमा कैंची पनि देख्न सकिन्थ्यो । पछि त्यही कैंचीले आफ्नो जिन्स् काटेको थियो । उनिहरुको हातमा रहेको व्यानरमा महिलाहरुलाई उनिहरुको कपडावाट जज नगर लेखिएको थियो । त्यस्तै अर्को पोष्टरमा कसैको फाटेको सोच लेखिएको थियो त्यस्तै म फाटेको जिन्स् लगाउँछु र म संस्कारी पनि छु भनि लेखिएको थियो । त्यहाँ धेरै संख्यामा महिला फोर्स पनि देखिएको थियो ।

मुख्यमन्त्री तीरथ सिंह रावतले महिलाले फाटेको जिन्स् लगाएकोमा वोलेका थिए, त्यसैले उनको लगातार विरोध भईरहेको हो । उक्त कुरा सोशल मिडियामा पनि आएको र त्यहाँ पनि विरोध भएको छ । कति महिलाहरुले सोशल मिडियामा फाटेको जिन्स् लगाएका फोटोहरु पोष्ट गर्न शुरु गरिसकेका छन् ।

जवकी उक्त मन्त्रीले आफुले वोलेको कुरामा माफि मागि सकेका छन् । उनले भनेको छ की मलाई जिन्समा होईन फाटेको जिन्स्मा समस्या हो । जिन्स् त म पनि लगाउँछु तर कसैलाई त्यस्तै फाटेको जिन्स लगाउनु छ त म के गरुँ । कसैलाई मेरो कुरा नराम्रो लागेमा क्षमा चाहन्छु भनेका छन् ।

प्रतिक्रिया दिनुहोस