दाँतमा किरा लाग्न नदिई स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु

मानिसको जीवनमा दुधे दाँत र स्थायी दाँत गरि दुई पटक पलाउँछ । बच्चा जन्मिएको ६ महिनादेखि करिब साँढे दुई वर्ष भित्रमा आउने २० वटा दाँतलाई दुधे दाँत भनिन्छ । जुन १२–१३ वर्ष भित्रमा सबै झरीसक्छन् ।

६ वर्षको उमेरमा पहिलो बंगारा आउँछ र १३ वर्ष भित्र लगभग सबै स्थायी दाँत आइसक्छन् । तर १७ वर्षदेखि २५ वर्षसम्म आउँने बाँकी चारवटा दाँतलाई हामी बुद्धिबंगारो भन्छौं । यो उमेर भनेको बालापन सकेर वयस्क उमेरको पहिलो खुड्किलो हो र केटाकेटी अलि चलाख, बुद्धिमानी हुँदै जाने उमेर हो । यस कारणले गर्दा यस दाँतलाई बुद्धि बंगारा नामाकरण गरिएको मानिन्छ ।

बुद्धिबंगाराको प्रयोग परापूर्व कालमा हाम्रा पूर्वजहरुले काँचो मासु चबाउन, जंगली खानेकुरा खान उपयोग गर्दथे । मानव जातीको विकास क्रममा खाने कुरामा परिवर्तन हुँदै जाँदा बुद्धिबंगाराको कम प्रयोग हुन थाल्यो ।

जसकारण आजसम्म आइपुग्दा यसको प्रयोग भएको खासै देखिन्न ।त्यसैले आजकल या दाँत उम्रन मुखभित्र ठाउँ नपाएको देखिन्छ । कहिले गिजाभित्र त कहिले हड्डि भित्र लकेर बसिदिन्छ । यो हुनुमा मानिसको दाँत हुने स्थान सानो हुँदै जानु मुख्य कारण मानिन्छ । यसरी दाँतको गिजाभित्र खानेकुरा त्यहाँ फस्छ, खानेकुरा फसेपछि मुख भित्र रहेको किटाणु सक्रिय हुन्छ र त्यही खानेकुरा कुहिएर संक्रमण सुरु हुन्छ ।

सुरुसुरुमा गिजा सुन्निे, ज्वरो आउने हुन्छ र पछि पिप जम्ने, मुख खोल्न नसक्ने हुन्छ र खान पिउन गाह्रो सक्छ । कहिले कहिले सास फेर्न पनि गाह्रो हुन सक्छ । गिजा पाक्ने अवस्था पनि आउछ र संक्रमण पनि फेलिँन सक्छ ।

अन्य समस्याहरु हड्डी भित्र लुकेर बसेको बुद्धिबंगाराले त्यसको नजिक रहेको अर्को बंगाराको जरा खियाई दिने । अर्को दाँतमा किरा लाग्ने । अर्को दाँतलाई धकेलिदिने जस कारणले गर्दा मुखमा अन्य दाँतलाई ठाउँ कम गरिदिने । हड्डि खियाई दिने । यसरि हेर्दा सानो तर पछि त्यस्तो दाँतले ठूलै रुप लिन सक्छ त्यसैले बेलैमा उपचार गर्न सचेत हुनुपर्छ ।

जनमानसमा बुद्धि बंगारा निकाल्दा बुद्धि हराउने, आँखामा असर पार्ने, दिमागमा असर पार्ने जस्ता मिथ्या कुराले जरो गाडेका देखिन्छ । यो र यस्ता भ्रमहरुलाई चिर्दै शल्यक्रिया गरी यसको समाधान गर्न सकिन्छ । यस्ता शल्यक्रिया १५–१८ वर्षमा गर्दा बढि फाइदा हुन्छ । यो उमेरमा घाउ छिटो निको हुन्छ । र भविष्यमा आउने समस्या रोक्न सकिन्छ ।सन् १९५० मा दाँतको एक्सरे गर्ने मेसिनको विकास सँगै सामान्य लठ्याउने औषधि दिएर यसको शल्यक्रिया गर्न एकदम मद्दत पुगेको छ ।

यसको समाधानका लागि बिरामीले सही दन्त चिकित्सकको पहिचान गरी शल्यक्रिया गरिएको खण्डमा रोगको निदान सही ढंगबाट हुन्छ ।अन्यथा अनावश्यक समस्याबाट गुज्रनु पर्ने, पैसा र समयको बर्बादी साथसाथै मानसिक तनावबाट जीवन व्यतित गर्नुपर्ने हुन्छ । आजैबाट आफ्नो मुखको परीक्षण गराउँ, स्वस्थ भएर जीवनयापन गरौं ।

के गर्ने दाँतमा किरा लाग्न नदिनको लागि ?
कोल्डड्रिङ्स खाँदा सकेसम्म पाइपको प्रयोग गर्ने बोतलबाट वा गिलासबाट खाँदा दाँतको बाहिरी भाग अर्थात इनामेल खियाउने काम गर्नसक्छ । तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन । हल्का कालो वा पहेलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने ।

सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ ।बच्चालाई सुतेर खानेकुरा वा दुध खान नदिने ।त्यसरी दिदा खानेकुरा मुखभर रहन्छ र दाँतमा एसिड उत्पादन तिब्र्र हुन्छ । बिहान बेलुका खाना खाईसकेपछि फोलोराइडयुक्त पेस्टले दाँत माज्ने । दाँत माज्दा चपाउने भागमा पनि माज्ने । बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाईसकेपछि सकेसम्म मुख कुल्ला गर्ने ।

स्वस्थ र मजबुत दाँतको लागि ध्यान दिनुपर्ने कुराहरु
मानिसहरुले आफ्ना शरीरका विभिन्न अंगहरुलाई स्वस्थ राख्न हरसम्भव प्रयास गर्छन् तर, धेरैले दाँतको भने ख्याल गर्दैनन् । धेरै मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी छैन् र उनीहरु दाँतको स्वास्थ्यलाई महत्वपूर्ण मान्दैनन् ।तर, कुनै पनि मानिसको सम्पूर्ण स्वास्थको लागि स्वस्थ दाँत आवश्यक हुन्छ । दाँतमा समस्या देखिएमा यसले हाम्रो स्वास्थलाई मात्रै प्रभावित गर्दैन, लुक्सलाई पनि प्रभावित गर्छ । त्यसैले दाँतको स्वास्थ्य र सरसफाइमा ध्यान दिन जरुरी छ ।

हुन त हामी धेरैले दिनको दुई पटक ब्रस गर्ने गर्छौं नभए कम्तीमा पनि दिनको एकपटक त पक्कै ब्रस गर्छौं । हामीले ब्रस गर्न सानैबाट सिकेका हुनौ तर, आश्चर्यजनक कुरा धेरैजसो मानिसहरुले अझै पनि सहि ढंगले ब्रस गर्न जान्दैनन् ।

दन्त चिकित्सकहरुका अनुसार स्वस्थ र मजबुत दाँतको लागि दैनिक ब्रस गरिसकेपछि जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ ।चिकित्सकका अनुसार हामीले दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ र ब्रस गरेपछि नुनपानीले कुल्ला वा माउथ वास गर्नुपर्छ । यसले हाम्रो दाँत र गीजाहरुलाई ब्याक्टेरियाबाट बचाउँछ । ब्रस गर्ने सहि तरिका थाहा पाइराख्नु दाँतको सुरक्षाको पहिलो कदम हो । त्यसैले यी कुराहरु जानीराखौं

दाँतको सफाई
ब्रस गर्नको लागि कुनै पनि मानक समय हुँदैन् । तर, दन्तचिकित्सकहरुले कम्तिमा दुई मिनेटसम्म ब्रस गर्नुपर्ने सल्लाह दिन्छन् । यसले मुखभित्रको सतहबाट विभिन्नखाले ब्याक्टेरिया निस्कन्छ । यसले दाँतमा हुने क्षतिलाई पनि रोक्छ ।

टुथब्रस को जानकारी
यदि ४ महिना भन्दा धेरै समय एउटै ब्रस प्रयोग नगर्नुहोस् । ४ महिना भन्दा धेरै प्रयोग गर्दा पनि तपाईको ब्रस खराब नभएको हुनसक्छ तर तपाईंले त्यसलाई छोडेर नयाँ ब्रस किन्नुपर्छ ।त्यसैगरि बजारमा विभिन्न आकार, प्रकार, लम्बाई र गुणको टुथब्रस आँउछ तर दन्तचिकित्सकका अनुसार सहि टुथब्रसको लम्बाई २५.५ देखि ३१.९ मिलिमटर हुनुपर्छ र चौडाई ७.८ देखि ९.५ मिलिमिटर हुनपर्छ ।

प्रतिक्रिया दिनुहोस