शाकाहारीको लागि अमलेट र एगरोल !!! अण्डाको खेती हुँदै !!

गोर्खाली खवर,

एजेन्सी, २२ चैत्र । तपाईहरुले कहिले सोच्नु भएको छ अण्डाको विकल्प के होला ? कहिले आउला ? हामी त्यो सोच्न सक्दैनौं तर यसलाई सम्भव वनाएको छ ।

जसले वोटविरुवाको प्रोटिनवाट यस्तो प्रोटोटाइप वनाएका छन्, जसको स्वाद अण्डा जस्तै छ र यसवाट वनेको अमलेट र एगरोलको स्वाद विल्कुल अण्डावाट वनेको अमलेट र एगरोल जस्तै छ ।

एक गेमिंग एजेन्सीमा काम गर्ने अनन्त शर्माले जव पहिलो चोटी यसरी वनेको अमलेट र व्रेड टोस्ट खाए उनि शंकामा थिए कि यो असली अण्डा नै हो भन्ने । तर साँचो कुरा यो वोटविरुवावाट वनेको अण्डा थियो । यसरी अण्डाको विकल्प मिल्नु भनेको कुनै चमत्कार भन्दा कम होईन् ।

अण्डाको यस विकल्पलाई मुम्वइ स्थित स्टार्टअप इवो फुड्स ले वनाएको थियो । उनिहरुले तरल रुपमा नै अण्डाको विकल्प वनाए । लगभग १ वर्षमा कार्तिक दीक्षित र श्रद्धा भंसालीले यसको प्रोटोटाईप तैयार गरेकी थिईन् । यसको प्रोटोटाइप स्वाद, वनावट, रसायन र पोषक तत्व फिटेको अण्डा जटिकै छ । यसको प्रयोग अमलेट, अण्डारोल जस्ता व्यंजन वनाउनमा गर्न सकिन्छ ।

यसको मुल्य पनि असली अण्डा जतिकै भएकोले सवैको पहुँचमा रहेको छ । हाल मानिसहरु मांसाहारीवाट शाकाहारी तर्फ वढीरहेको समयमा यो एउटा राम्रो विकल्प वन्न सक्छ । यसवाट शाकाहरीहरु पक्कैपनि खुशी भएको हुनु पर्छ ।

उक्त प्रोडक्ट वजारमै आउन केही समय त अवश्य लाग्ने नै छ । आशा गरौं हामी पनि यस शाकाहारी अण्डाको स्वाद चाँडै नै लिन पाउनेछौं ।

प्रतिक्रिया दिनुहोस