बिचरा ! आगोले ज`लेर आमाछोराको यस्तो भयो रुप : उपचारका लागि सहयोगको कुर्दै !

धनगढी । आगोमा ज`लेर घा`इते भएका कैलाली स्थित घोडाघोडी नगरपालिका–७ करैचा गाउँका आमा छोराको उपचार हुन सकेको छैन ।

आर्थिक अभावका कारण २७ वर्षीया अल्पनादेवी चौधरी र उनका एक वर्षीय छोरा आर्यनको उपचारको लागि गु`हार मागेका छन् । डेढ हप्ता अगाडि काखमा छोरा लिएर आगो ताप्ने क्रममा एक्कासी बे`हो`स भएर अल्पना छोरासहित आगोमा खसेकी थिइन् ।

आगोले पो`लेर आमा छोरा दुवै जना घा`इते छन् । अल्पनाको दुवै हात र एक वर्षीय उनको छोराको टा`उको जले`को छ । तर, परिवारको आर्थिक समस्याका कारण उपचार गराइएको छैन ।

आगोमा खसेर शरिरको विभिन्न भाग जलेका दुवैको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था नाजुक भएकाले परिवारले उनीहरुको उपचार गराउन नसकेको जनाइएको छ ।

घरको आर्थिक अवस्था नाजुक भएका कारण परिवारले आमा, छोरा दुवैको उपचार गराउन नसकेको हितैषी आरती चौधरीले जानकारी दिइन् । उनले निःशुल्क उपचारका लागि सिफारिस बनाएर पीडित काठमाण्डौंको वीर अस्पताल पुगे पनि निःशुल्कमा उपचार नहुने भनिएपछि उपचार नगराइ फर्किएको बताइन् ।

काठमाण्डौंबाट फर्केर आमा, छोरा दुवै घरमै छटपटाइरहेको चौधरीले बताइन् । आर्थिक अभावका कारण घाइतेको उपचार गराउन नसकेका पीडितका परिवारले सहयोगका लागि या`चना गरेका छन् । गरिबीका कारण उपचार गराउन नसकेको उल्लेख गर्दै पीडितकी सासु हुक्मीदेवी चौधरीले कतैबाट सहयोग पाए बुहारी र सानो बाबूको उपचार गराउने उल्लेख गरिन । पी`डित द्व`न्द्वपी`डित परिवारका सदस्य हुन ।

प्रतिक्रिया दिनुहोस