एउटै मात्र खुट्टामा लगाउने जिन्स पाइन्ट !! यो कस्तो फेसन हो ?

गोर्खाली खवर,

एजेन्सी, २५ चैत्र । फेसनको दुनियाँमा समय समयमा केही नयाँ भईनै रहन्छ । केही फेशन मानिसलाई यति मनपर्छ कि त्यो ट्रेंड नै भएर जान्छ भने कसैल आफ्नो अचम्मलाग्दो डिजाइनको कारण चर्चा कमाउँछ ।

यस्तै अहिले चर्चामा छ “हाफ जिन्स् फेशन” । अमेरिकामा हुने कोचेला फेशन फेस्टिभलमा पहिलो चोटी हाफ जिन्स् ले धुम मचाएको देखिएको छ । हालसालै भारतका फेशन इंफ्युएंसर कोमल पांडेको एउटा खुट्टा मात्र भएको जिन्स लगाएको देखेर दर्शकले धेरै किसिमका प्रतिक्रियाहरु दिए ।

कोचेला एउटा फेशन प्लेग्राउण्ड हो, जहाँ हरेक वर्ष अजिव किसिमको कपडा लगाएर मानिसहरु आउँछन् । यो पालि धेरै जसो सेलिव्रेटि एक खुट्टावाला जिन्समा देखिए । यसपछि उक्त फेशनको फलोअर्सको विच जिन्स चर्चाको विषय वन्यो । मानिस सोशल मिडियामा प्रश्न गर्न थाले आखिर कसले यस्तो डिजाइन गरेर कपडा वनायो ?

अमेरिकी अभिनेत्री रयान डेस्टिनीले पनि आफ्नो फोटो इन्स्टाग्राममा राखेकि थिईन् त्यस पछि उनले मानिसको थरिथरिका कमेन्टहरुको सामना गर्नु पर्यो । एक युजरले डेस्टिनीको कपडा देखेर वाहिर ठंडा छ कि गर्मि केही थाहा नपाउने भनेर कमेन्ट गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस