चीनमा निर्मित सैन्य हातहतियारको निर्यातमा उच्च गिरावट

बेइजिङ – खराब गुणस्तर र कमजोर र असंगत प्रदर्शनका कारण चीनको सैन्य हातहतियारको निर्यातमा उच्च गिरावट आएको छ । जसले खरिदकर्ता देशहरूलाई जोखिममा पारेको छ ।

एक दशकमा चीनमा निर्मित सैन्य हातहतियार निर्यात झण्डै एक चौथाईले घटेको डाइरेक्टसको प्रतिवेदनले देखाएको छ। यसबाहेक, चीनको पीपुल्स लिबरेशन आर्मी (पीएलए) कम गुणस्तरको हातहतियारको मुद्दाबाट ग्रस्त रहेको बताइएको छ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट का अनुसार अघिल्लो पाँच वर्षको अवधिको तुलनामा सन् २०१६ र २०२० को बीचमा चीनको सैन्य हातहतियारको निर्यात ७ दशमलव ८ प्रतिशतले घटेको छ।

यसको विश्वव्यापी बजार हिस्सा ५ दशमलव ६ प्रतिशतबाट ५ दशमलव २ प्रतिशतमा झरेको छ ।

यद्यपि, चिनियाँ सैन्य हातहतियारहरू प्रतिज्ञा अनुसार प्रदर्शन गर्न असफल भएपछि यसले संकुचन गर्न थालिएको छ ।
चीनले ५३ भन्दा बढी राष्ट्रहरूलाई हातहतियार आपूर्ति गर्दछ, जसमध्ये अधिकांश संयुक्त राज्य वा फ्रान्स जस्ता ठूला हातहतियार आपूर्तिकर्ताहरूको लागि बजार होइनन्। यस्तै, पाकिस्तान, म्यानमार, बंगलादेश र अफ्रिकी र मध्य पूर्वी देशहरू चिनियाँ हतियारका प्रमुख आयातकर्ता हुन्।

सुरक्षा अध्ययनका लागि ड्यानियल के इनोए एशिया—प्यासिफिक सेन्टरका प्रोफेसर अलेक्ज्याण्डर वुभिङले चीनमा निर्मित सैन्य हातहतियारहरू प्राविधिक रूपमा मात्र कम छैनन्, तिनीहरू युद्धको मैदानमा पनि परीक्षण नगरिएको बताएका छन् ।

म्यानमारले आफूले खरिद गरेका चिनियाँ जेटहरूमा राडारको कम सटीकताप्रति चिन्ता व्यक्त गरेको छ।

प्राविधिक समस्याका कारण म्यानमारले अधिकांश चिनियाँ विमानलाई ग्राउन्डेड गरेको छ। म्यानमारले यी चिनियाँ—निर्मित जेटहरूको लागि उच्च मूल्य तिरेको थियो, तर तिनीहरू प्रयोग भएको चार वर्ष पछि पनि मर्मतको गर्नु परेको डाइरेक्टसले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस