एक अपांग महिला र उनकी छोरीलाई अढाइ करोड ठगी गरेकी एक महिलालाई अदालतले १ सय ६२ रुपैयाँ मात्रै फिर्ता गर्न आदेश

एक अपांग महिला र उनकी छोरीलाई अढाइ करोड ठगी गरेकी एक महिलालाई अदालतले १ सय ६२ रुपैयाँ मात्रै फिर्ता गर्न आदेश दिएको छ । पूर्व सेलिब्रेटी स्टाइलिस्ट समेत रहेकी यी महिलाले एक सम्पत्तिसम्बन्धी ‘स्क्याम’मा ती महिला र उनकी छोरीको करिब १ लाख ५० हजार पाउण्ड ठगी गरेकी थिइन् । अदालतले

उनलाई १ पाउण्ड मात्रै फिर्ता गर्न आदेश दिएको हो । ड्यानिएल्ला वेस्टब्रुक र केरी काटोनाजस्ता सेलिब्रेटीसँग काम गरिसकेकी इन्टेरियर डिजाइनर रोजी ग्रेवाललाई ३ वर्षसम्म विभिन्न धोखाधडी गरेको अभियोगमा २०१९ को जुनमा जेल हालिएको थियो । तर, सुनुवाइका क्रममा ग्रेवालकी एक वृद्ध पीडितले आफूले ठगिएको

रकमको क्षतिपूर्ति नपाउने थाहा पाएपछि इजलासमै रोएकी थिइन् । प्याट्रिसिया माकुसेविज नामकी यी वृद्ध महिलले आफ्ना दिवंगत पतिको जीवन बिमाबाट बनाइएको १ लाख ३० हजार पाउण्डको घर ग्रेवाललाई दिएकी थिइन् । तर, उनले यसवापत कुनै पैसा पाइनन् जबकि ग्रेवाललो उनलाई यो लगानी भएको भनेकी थिइन् ।

गत हप्ता मेडस्टोन क्राउन कोर्टमा सुनुवाइको क्रममा ग्रेवालसँग कुनै पनि जफत गर्न मिल्ने सम्पत्ति नभएको ठहर गरिएपछि यी वृद्ध महिलासँग अब आफ्नो घरको ऋण तिर्नको लागि काम खोज्नुको विकल्प छैन । ग्रेवालले आफूलाई सुनाइएको ४३ महिनाको जेल सजाय पूरा गरिसकेकी छिन् र अब उनले ठगी गरेको सम्पत्ति

क्षतिपूर्ति दिनको लागि उनीसँग कुनै सम्पत्ति छैन । अदालतले भविष्यमा ग्रेवालको आर्थिक स्थिति सुधार भए उनको सम्पत्ति जफत गर्न सकिने बताएको छ । यसअघि ग्रेवालसँग लुकेको सम्पत्ति भएको र त्यसबाट उनले ठगी गरेको रकम उठाउन सकिने विश्वास गरिएको थियो । तर, प्रोसिक्युटर क्रिस्टोफर प्रायोरले

बुधबार अदालतमा यो आशा अब समाप्त भइसकेको र आर्थिक रुपमा लिन सकिने केही पनि नभएको बताएको द सनले जनाएको छ । यही कारण न्यायाधीश जुलियन स्मिथले ग्रेवाललाई १ पाउण्ड तिर्न वा १ दिन जेलमा बिताउने आदेश दिएका थिए । पीडित वृद्धा माकुसेविचको हकमा अदालतले उनले गुमाएको

पैसा फिर्ता पाउने बाटो बन्द नभएको र भविष्यमा ग्रेवालको आर्थिक स्थिति बदलिए पैसा जफत गर्न सकिने बताएको छ । सुनुवाइमा यी वृद्धाकी छोरी कासिया पनि उपस्थित थिइन् । २०१५ मा ठगीको अभियोगमा पक्राउ परेकी ग्रेवाल यस बीचमा विलासी विदामा गएको पनि देखिएको थियो ।दिएको छ । पूर्व सेलिब्रेटी स्टाइलिस्ट समेत रहेकी यी महिलाले एक सम्पत्तिसम्बन्धी ‘स्क्याम’मा ती महिला र उनकी छोरीको करिब १ लाख ५० हजार पाउण्ड ठगी गरेकी थिइन् । अदालतले

उनलाई १ पाउण्ड मात्रै फिर्ता गर्न आदेश दिएको हो । ड्यानिएल्ला वेस्टब्रुक र केरी काटोनाजस्ता सेलिब्रेटीसँग काम गरिसकेकी इन्टेरियर डिजाइनर रोजी ग्रेवाललाई ३ वर्षसम्म विभिन्न धोखाधडी गरेको अभियोगमा २०१९ को जुनमा जेल हालिएको थियो । तर, सुनुवाइका क्रममा ग्रेवालकी एक वृद्ध पीडितले आफूले ठगिएको

रकमको क्षतिपूर्ति नपाउने थाहा पाएपछि इजलासमै रोएकी थिइन् । प्याट्रिसिया माकुसेविज नामकी यी वृद्ध महिलले आफ्ना दिवंगत पतिको जीवन बिमाबाट बनाइएको १ लाख ३० हजार पाउण्डको घर ग्रेवाललाई दिएकी थिइन् । तर, उनले यसवापत कुनै पैसा पाइनन् जबकि ग्रेवाललो उनलाई यो लगानी भएको भनेकी थिइन् ।

गत हप्ता मेडस्टोन क्राउन कोर्टमा सुनुवाइको क्रममा ग्रेवालसँग कुनै पनि जफत गर्न मिल्ने सम्पत्ति नभएको ठहर गरिएपछि यी वृद्ध महिलासँग अब आफ्नो घरको ऋण तिर्नको लागि काम खोज्नुको विकल्प छैन । ग्रेवालले आफूलाई सुनाइएको ४३ महिनाको जेल सजाय पूरा गरिसकेकी छिन् र अब उनले ठगी गरेको सम्पत्ति

क्षतिपूर्ति दिनको लागि उनीसँग कुनै सम्पत्ति छैन । अदालतले भविष्यमा ग्रेवालको आर्थिक स्थिति सुधार भए उनको सम्पत्ति जफत गर्न सकिने बताएको छ । यसअघि ग्रेवालसँग लुकेको सम्पत्ति भएको र त्यसबाट उनले ठगी गरेको रकम उठाउन सकिने विश्वास गरिएको थियो । तर, प्रोसिक्युटर क्रिस्टोफर प्रायोरले

बुधबार अदालतमा यो आशा अब समाप्त भइसकेको र आर्थिक रुपमा लिन सकिने केही पनि नभएको बताएको द सनले जनाएको छ । यही कारण न्यायाधीश जुलियन स्मिथले ग्रेवाललाई १ पाउण्ड तिर्न वा १ दिन जेलमा बिताउने आदेश दिएका थिए । पीडित वृद्धा माकुसेविचको हकमा अदालतले उनले गुमाएको

पैसा फिर्ता पाउने बाटो बन्द नभएको र भविष्यमा ग्रेवालको आर्थिक स्थिति बदलिए पैसा जफत गर्न सकिने बताएको छ । सुनुवाइमा यी वृद्धाकी छोरी कासिया पनि उपस्थित थिइन् । २०१५ मा ठगीको अभियोगमा पक्राउ परेकी ग्रेवाल यस बीचमा विलासी विदामा गएको पनि देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस