शरीरमा रगतको कमी भयो ? यी खानेकुरा खानुहोस्

काठमाडौँ । शरीरमा रगतको कमी भयो भने शरीर कमजोर हुन्छ। शरीर सुस्त हुन्छ, अनुहार न्याउरो हुन्छ र हड्डी कमजोर हुन्छ। शरीरमा रगतको कमी किन हुन्छ ?

शरीरमा रातो रक्त कोशिकाहरुको कमी हुनाले एनोमिया अर्थात् रगतको कमी हुन्छ। रातो रक्त कोशिकाहरु नष्ट हुनु, शरीरबाट धेरै रगत बग्नु अथवा शरीरद्वारा पर्याप्त मात्रामा रातो रक्त कोशिकाहरु निर्माण गर्न नसक्नु जस्ता कारणहरुले यस्तो समस्या उत्पन्न हुन्छ।

एनोमिया हुने विभिन्न कारणहरु छन्। तर, सबैभन्दा प्रमुख कारण शरीरमा आइरनको कमी हुनु हो। रातो रक्त कोशिकाहरुमा आइरनबाट पर्याप्त मात्रामा हेमोग्लोबिन नामक प्रोटिन प्राप्त हुन्छ।

हेमोग्लोबिनले मानव शरीरको अलग-अलग अंगहरुमा अक्सिजन पुर्‍याउने काम गर्छ। हेमोग्लोबिन फोक्सोबाट अक्सिजन लिएर यसलाई रगतको माध्यमबाट शरीरको हरेका भागमा पुर्‍याउँछ। यो प्रक्रिया समस्त शरीर सञ्चालनका लागि अति नै महत्वपूर्ण हुन्छ।

आइरनबाहेक फोलिट र भिटामिन बी–१२ को कमी हुनाले पनि रातो कोशिकाको निर्माणमा बाधा पुग्छ। यस्तो स्थितिमा यो समस्याबाट बच्नका लागि आइरन, भिटामिन बी र फोलिटयुक्त आहारको सेवन गर्नु आवश्यक हुन्छ।

यदि तपाईं पनि विभिन्न शारीरिक समस्याहरुबाट ग्रसित हुनुहुन्छ भने औषधिसँगै आफ्नो खानामा यी खाद्य सामाग्रीहरु समावेश गर्नुहोस्।

हरियो सागपात

पालुङ्गोको साग, ब्रोकाउली, मेथी, सिमी र हरियो केराउ जस्ता गाढा रंग भएका तरकारीहरु आइरनको राम्रो स्रोत हो । तर, पालुङ्गो जस्ता केही हरियो पात भएका तरकारीमा आइरनसँगै एगलेट नामक तत्व पनि पाइन्छ।

जसका कारण शरीरलाई आइरन ग्रहण गर्न बाधा पुर्‍याउँछ । त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी पनि सेवन गर्नु आवश्यक हुन्छ। किनभने भिटामिन सीले आइरनलाई शोषित गर्न सहयोग पुर्‍याउँछ।

त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी युक्त खाद्य पदार्थ जस्तै सुन्तला, कागती, रातो क्याप्सिकम र स्ट्राबेरीको पनि सेवन गर्नु आवश्यक छ। यसो गर्नाले शरीरले सजिलै आइरन अवशोषित गर्छ।

रातो मासु

यदि तपाईं मांशाहारी हुनुहुन्छ भने तपाईंले खानामा रातो मासुलाई समावेश गर्न सक्नुहुन्छ । रातो मासु पनि आइरनको सर्वोत्तम स्रोत हो । आफ्नो शरीरलाई स्वस्थ राख्न र आइरनको कमीलाई कम गर्नका लागि रातो मासुको सेवन गर्नुपर्छ।

चुकन्दर

चुकन्दर अर्थात् बिटरुट आइरनको राम्रो स्रोत हो । जसले शरीरमा रातो रक्त कोशिकाहरुलाई मर्मत गर्न सहयोग गर्छ। चुकन्दरको सेवन गर्नाले हेमोग्लोबिन बढ्छ। चुकन्दरको तुलनामा यसको पातमा तीन गुना बढी आइरन हुन्छ।

त्यसैले, चुकन्दरका साथै यसको पातलाई पनि सलादमा समावेश गर्नुपर्छ अथवा तरकारी पकाउदा चुकन्दरको पातको पनि प्रयोग गर्न सकिन्छ।

ओट

ओट पनि आइरनके उत्तम स्रोत हो। एक कप ओटमा ९ मिलिग्राम आइरन हुन्छ। जुन प्रि(मेनापोजको क्रममा रहेका महिलाहरुका लागि आधा आइरन बराबर हुन्छ।

ओटमा दुध, केरा, किसमिस र मह मिसाएर खानाले शरीर स्वस्थ रहिरहन्छ। यसको साथै शरीरलाई सम्पूर्ण पोषक तत्व पनि प्राप्त हुन्छ।

आलु

जब आइरन पर्याप्त प्राप्त हुने खाद्य पदार्थको कुरा आउँछ। हाम्रो दिमागमा हरियो सागपात र मासु मात्र आउँछ। तर, तपाईंलाई यो कुरा सुनेर आश्चर्य लाग्नसक्छ।

आलु पनि आइरनको राम्रो स्रोत हो। एक सय ग्राम आलुमा ७ मिलिग्राम आइरन पाइन्छ। त्यसैले अन्य तरकारीसँगै आलुलाई पनि प्राथमिकता दिनुपर्छ।

किसमिस

रगत बनाउनका लागि आवश्यक भिटामिन-बी कम्प्लेक्सको कमीलाई किसमिसले पूरा गर्छ। आइरन भरपुर मात्रामा भएको कालो किसमिसको सेवन गरेर आफ्नो हेकोग्लोबिन बढाउन सक्नुहुन्छ।

अञ्जिर

अञ्जिरमा भिटामिन-बी १, बी २, क्याल्सियम, आइरन, फस्फोरस, म्यागनिज, सोडियम, पोटासियम र क्लोरिन पाइन्छ। दुईवटा अञ्जिरलाई राति पानीमा भिजाएर बिहान त्यो पानी र अञ्जिर खानाले हेमोग्लोबिनको स्तर बढाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस