प्रचण्ड पत्नी सिता दाहालको अवस्था अति गम्भीर, छोरी रेणुले यस्ता तस्वीर सार्वजनिक गर्दै फेसबुकमा लेखिन् भावुक स्टाटस

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नि सिता दाहालको स्वास्थ्य अवस्था दिनहुँ बिग्रदै गएको बताइएको छ । उनलाई केही महिना अघि नेपालमा उपचार नहुने भएपछि उनको थप उपचारका लागि भारत लगिएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको

काठमाण्डौंको मेडिसिटीमा उपचार समेत गरिएको थियो तर उनको त्यहाँ उपचार सम्भव नभएपछि भारत लगिएको थियो । प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार सिताको थप उपचारका लागि यसअघि पनि अमेरिका, सिंगापुर र भारत लगिएको थियो । पछिल्लो समय घरमै आराम गरिरहेकी सिताको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो

पत्नी सीता दाहालको उपचारका लागि पुस २० गत मुम्बइ गएका प्रचण्ड तत्कालै नेपाल फर्किएका थिए । यसपछि उनको स्वास्थ्यमा सुधार आएको अनुमान गरिएको थियो । तर, उनलाई बिरामी अवस्थामै घर फर्काइएको थियो । लामो समयदेखि बिरामी रहेकी दाहाल पत्नी सीता दाहाल थप उपचारका लागि मुम्बइ लगिएको थियो । यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई पछिल्लो पटक मुम्बइ लगिएको हो ।

पत्नी सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्केका थिए । प्रचण्डकी छोरी रेणु दाहालले फेसबुकमा आमाको सिकिस्त अवस्थाको तस्वीर राख्दै आमा भनेर दुई वटा लभ इमोजी राखेकी छिन् । उनको स्टाटसमा सर्यौ कमेन्टहरु स्वास्थ्य लाभको कामना गर्दै आएका छन् । तस्वीरमा दुई छोरीहरु आमासँग देखिन्छन् । सिताको अवस्था तस्वीरमा निक्कै सिकिस्त जस्तो देखिएको छ । सिता दाहालको स्वास्थ्य लाभको कामना ।

प्रतिक्रिया दिनुहोस