बच्चा धेरै मोटो हुनु स्वास्थ को लागि राम्रो होइन आफ्नो बच्चा को तौल तसरि कन्ट्रोल गर्नुहोस।

विश्‍व स्‍वास्‍थ्‍य संगठन द्वारा जारी गरेको आंकडाअनुसार ० देखि ५ वर्षका ४१ मिलियन बच्चाहरु मोटोपनबाट ग्रस्त छन्। २०२५ सम्म विश्वस्तरमा मोटोपन अर्थात् बढी तौल हुने बच्चाको संख्या ७० मिलियनसम्म पुग्नसक्नेछ। बचपनमा नै मोटोपन हुनु थुप्रै ग-म्भीर बिरामी जस्तै डायबिटिज र हृदयरोगको शिकार हुनु हो। तर यस बारेमा चिन्ता लिनु जरुरि छैन, मोटोपनलाई नियन्त्रण राख्न सम्भव छ। त्यसको लागि तपाईले केहि सावधानी अपनाउन जरुरि रहेको छ।

स्‍टार्चयुक्‍त कार्बोहाइड्रेट:ब्रेड, सेतो चामल र आलु जस्ता स्‍टार्चयुक्‍त कार्बोहाइड्रेट खानसाथ नै ग्लुकोजमा घुल्छ। त्यसैले बच्चालाई खाजामा अण्डा या अन्य प्रोटिन पाइने कुरा खुवाउनुहोस्।
ग्‍लाइसेमिक इंडेक्‍समा ध्यान दिनुहोस:

यसबाट थाहा हुन्छ कुनै खानेकुरा कति छिटो ग्लुकोजमा परिवर्तन हुने गर्छ। अध्ययनको अनुसार उच्च ग्‍लाइसेमिक इंडेक्‍स भोजन गर्दा बच्चाको ब्ल,डमा ग्लुकोज बढ्छ र उनीहरुलाई छिट्टो भोक लाग्छ। बच्चाको पेट लामोसमय सम्म भरिरहनको लागि उनीहरुलाई ग्‍लाइसेमिक इंडेक्‍स खाना खुवाउनुहोस्। यसबाट ब्ल,ड सुगर लेबल पनि ठिक रहन्छ। कम ग्‍लाइसेमिक इंडेक्‍स फुडमा फाइबर हुने गर्छ
फलफुल र साग-सब्जी:

यस कुरामा कुनै शंका छैन कि फलफुल र सागसब्जी स्वास्थ्यको लागि फाइदाजनक छ । हुनत मकै, आलु, केरा र अनार जस्ता चिजमा जिआइ लेबल हाइ हुने गर्छ। जबकी अंगुर, स्याउ, किवी र सुन्तलामा कम हुन्छ। हाइ जिआइ हुने खानाले तौल बढ्न सक्छ।

प्रोटिन:

प्रोटीनबाट हार्मोनहरू छोड्ने प्रक्रिया उ,त्तेजित हुन्छ, जसबाट शरीरले उर्जाको लागि जम्मा भएको फ्याट प्रयोग गर्दछ।

नराम्रो होइन मोटोपन :

सबै प्रकारको फ्याट अर्थात् मोटोपन ग,लत हुदैन। हेल्दी फ्याट जस्तै ओलिभ ओयल, एभोकाडो र नट बटर बटरहरूले पाचन प्रक्रियालाई ढिला बनाउँछ। यसलाई फलफूल, साग-सब्जी र सम्पूर्ण अन्नहरूको साथ लिदा पेट भरिन्छ। फ्याट स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ किने यो कोशीकाको झिल्ली निर्माणको लागि आवश्यक मानिन्छ।

यी कुराको राख्नुहोस ध्यान:

खानाको असर तपाइको बच्चाको व्यवहारमा पर्छ। हाई जीआई भएको खानेकुरा खुवाउदा ब्लड शुगर लेबल घटेर स्ट्रेस हार्मोन एड्रेनलाइन रिलिज हुन्छ। जसको कारण बच्चाको मुड ख,राब हुने वा चिडचिडापन हुनसक्छ। प्रसोधन गरिएको खाना खानबाट जोगाउनुहोस र प्राकृतिक चीजहरूको विकल्पलाई नरोज्नुहोस। बच्चालाई डाइटिंग नगराउनुहोस्। पुरै परिवारले लो जीआई डाइटमा ध्यान दिनुपर्नेछ। यसबाट बच्चालाई पनि नराम्रो लाग्दैन।

प्रतिक्रिया दिनुहोस