भारतमा काेराेना बढे सँगै अक्सिजनकाे कमीकाे कारण कयाैँले ज्यान गुमाएपछी अक्सिजनको आपूर्ति रोक्नेलाई फाँसीको सजाए

दिल्ली हाइकोर्टले अक्सिजनको आपूर्तिमा अड्चन सिर्जना गर्ने केन्द्र, राज्य या स्थानीय प्रशासनका कुनै पनि अधिकारीलाई छुट नदिने, फाँसीमा झुन्ड्याउने आदेश दिएको छ । महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको एक याचिकाबारे सुनुवाई गर्दै जस्टिस विपिन साँघी र जस्टिस रेखा पल्लीको इजलासका तर्फबाट उक्त टिप्पणी आएको छ ।

कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामीको सासमा देखिएको संकटलाई नियाल्दै महाराजा असेन अस्पतालले चाडैंभन्दा चाडैं अक्सिजन उपलब्ध गराउन भन्दै दिल्ली हाइकोर्टमा निवेदन दिएको हो ।

यसपछि हाईकोर्टले दिल्ली सरकारलाई कसले अक्सिजनको आपूर्तिमा अवरोध गर्दैछ भन्नेबारे जानकारी दिन आदेश दिएको हो, र ती व्यक्तिलाई झुन्डाइदिने पनि हाइकोर्टले फैसला गरेको छ । कोर्टले स्थानीय प्रशासनका यस्ता अधिकारीहरुका विषयमा केन्द्र सरकारलाई पनि जानकारी गराउन दिल्ली सरकारलाई भनेको छ, ताकि केन्द्रले उनीहरुलाई कारबाही गर्न सकोस् ।

दिल्लीमा पछिल्लो २४ घण्टामा ३ सय ४८ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ । यहाँ पछिल्लो २४ घण्टामा २४ हजार ३ सय ३१ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । महामारी सुरु भएयता नै यहाँ कोभिड १९ संक्रमण उच्च अवस्थामा छ । यहाँ सक्रिय संक्रमित कै संख्या ९२ हजार २९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस