वैशाख १७ गतेवाट यी ६ राशिको हुँदैछ भाग्योदय

मेष राशि : तपाइको बोलीको प्रभाव राम्रो हुनेछ भने अचल सम्पत्ति किनवेच हुन सक्छ । कुटुम्ब सँगको सम्बन्धमा मधुरता छाउने छ भने पराक्रम बढेर जानेछ । शत्रु परास्त हुनुका साथै धन सञ्चय गर्ने योग छ । यात्राको अवसर प्राप्त हुन सक्छ ।

कर्कट राशि : आर्थिक उपलब्धि राम्रो हुने देखिन्छ भने बोलीको प्रभाव राम्रो हुनेछ । साहित्य क्षेत्र वा सामाजिक क्षेत्रबाट मान सम्मानमा पनि वृद्धि हुन सक्छ । फसेको धन उठ्नुका साथै साथीभाइको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ ।

सिंह राशि : काममा पदोन्नत्तीको साथै नयाँ काम पाउन सक्ने समय छ । जागिरमा प्रशंसा प्राप्त हुनेछ भने साथीभाइको भरपुर सहयोग मिल्नेछ । बोलीको प्रभाव राम्रो हुनुको साथै उच्च पद पाउन सक्ने देखिन्छ ।
कन्या राशि : भाग्यमा रोकिएको चिज प्राप्त हुनुका साथै आमाबाबुको स्वास्थ्य राम्रो भएर जानेछ । आर्थिक उपलब्धि राम्रो नै होला । काममा पदोन्नतिको साथै नयाँ काम पाउन सक्ने समय छ । मान सम्मानमा वृद्धि हुनुका साथै इष्ट मित्रको भरपुर सहयोग मिल्ला ।

मकर राशि : पढाइ लेखाइमा राम्रो प्रगति हुनेछ भने । प्रेम विवाहको सम्भावना पनि देखिएको छ । शत्रु परास्त हुनुका साथै साथीभाइ तथा इष्टमित्रले सापटी लगेको रकम फिर्ता आउने देखिन्छ । भाग्यमा रोकिएको चिज प्राप्त होला ।

मीन राशि : पराक्रम बढ्नु साथै दाजुभाइको सहयोग प्राप्त हुन सक्ने समय छ । घर जग्गा जमिन किन्ने योग परेको छ । नयाँ कामको थालनी हुन सक्छ । दाम्पत्य जीवन राम्रो भएर जानेछ ।

प्रतिक्रिया दिनुहोस