दोलखाको भिमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना, मुलुकमा अनिष्ट हुने संकेत

काठमाडौं । दोलखास्थित भिमेश्वर मन्दिरको शीलामा पुन पसिना आएको छ । भीमेश्वर मन्दिरको शिलामा पसिना आए मुलुकमा अनिष्ट हुने धार्मिक मान्यता रहँदै आएको छ ।

मन्दिर व्यवस्थापन समितिका अनुसार आज दिउँसो १ बजे मन्दिरको शिलामा पसिना आएको हो । शिलामा पसिना आएलगत्तै स्थानीय प्रशासनले खबर गरेपछि प्रमुख जिल्ल अधिकारी पनि भिमेश्वर मन्दिर पुग्नु भएको बताइएको छ ।

हाँसँगै जिल्ला सुरक्षा समितिका अधिकारीहरु पनि त्यहाँ पुगिसकेको बताइएको छ । अब उहाँहरुसहित पुजारीले क्षमा पूजा गर्नुहुने छ ।

बिगतमा पनि शिलामा पसिना आएपछि क्षमा पूजा गर्ने प्रचलन रहि आएको छ । उक्त पूजाको महाप्रसाल जिल्ला पप्रशासन कार्यालय दोलखाको समोन्वयमा राष्ट्र प्रमुख राष्ट्रपति समक्ष पठाइने गरिएको छ । उक्त महाप्रसादलाई राष्ट्रपति कार्यालयमा पठाउने प्रचलन रहेको छ ।

उक्त पसिना आएपछि नेपालमा कोरोना महामारी फैलिएका जनविश्वस छ । त्यस्तैगरी २०७२ को महाभूकम्प आउनु अघि पनि भिमेश्वर मन्दिरकाे शिलामा पसिना आएको थियो ।

त्यस्तैगरी २००७, २०४६, सालको राजनीतिक परिवर्तन, २०६२, ६३ को जनआान्दोलन, दरबार हत्याकाण्ड र १९९० सालको महाभूकम्प अघि पनि शिलाबाट पसिना आएको स्थानीय तथा त्यहाँका पूजारीहरु बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस