कोरोना जितेकी उषा भन्छिन्- आफन्तको हौसला र चिकित्सकको व्यवहार निकै महत्वपूर्ण हुने रहेछ

काठमाडौं – ‘कुनै बेला म मरिसके जस्तो लागेको थियो। मैले दोस्रो जीवन पाएको हुँ।’गम्भीर अवस्थामा पुगेर पनि कोरोनालाई जितेकी उषाको भनाई हो यो।नेपालगञ्जकी ४० वर्षीया उषा छिनाललाई आफूले दोस्रो जीवन पाए जस्तो लाग्छ। उनलाई मात्र होइन, उनका श्रीमानलाई पनि यही लाग्छ।

उषालाई केही दिनदेखि लगातार सुख्खा खोकी लागिरहेको थियो। खोकी बढ्दै गएपछि उनी वैशाख १२ गते नजिकैको क्लिनीकमा पुगिन्। त्यहाँ उनलाई कोरोनाको परीक्षण गर्न सुझाव दिइयो।

सुरुमा त उनले कोरोना परीक्षण गर्न मानिनन्। खोकी मात्र लागेको त हो नी भन्ने उनलाई लागेको थियो। तर जोखिम किन लिने ? परीक्षण गरेपछि पोजिटिभ देखिए समयमा नै उपचार गर्न पाइन्छ नेगेटिभ भए ढुक्क हुन्छ भन्ने लागेपछि उनले कोरोना परीक्षण गराइन्। रिपोर्टको प्रतिक्षामा त्यो रात कटाउन पनि उनलाई निकै मुश्किल भयो।

परीक्षणको स्वाब दिएपछि भने रिपोर्ट कुर्ने समयसम्म नतिजा के आउने हो? पोजिटिभ आयो भने भन्ने डरले उनलाई सताइरह्यो।उनलाई जे कुराको डर थियो, त्यही भयो। नभन्दै पिसिआर रिपोर्टमा उनलाई कोरोना पोजिटिभ पुष्टि भयो।

सुरुमा त उनी निकै आत्तिइन्। मन चिसो भयो। त्यो बेला उनको श्रीमान पनि साथमा थिएनन्। कामको शिलशिलामा नेपालगञ्ज बाहिर गएका थिए।उनी भन्छिन्, ‘जब म कोरोना पोजिटिभ भएँ। के गरौँ। कसो गरौँ भन्ने भयो। मन धेरै आत्तियो। मैले हत्तपत्त श्रीमानलाई फोन गरेर बोलाए।’श्रीमतीलाई कोरोना भएको थाहा पाएपछि उनका श्रीमान पनि घर फर्किए। त्यो बेला उनीहरु दुवैको मनमा एउटै प्रश्न थियो, ‘अब के गर्ने ?’

प्रतिक्रिया दिनुहोस