९० वर्षीया यी बुबा जसले अस्पताल निर्माणका लागि दिए ३ करोड दान !

कुनै कारण वश मेरुदण्डमा चोटपटक लाग्दा पक्षाघात हुने सम्भावना धेरै रहने गर्दछ। मेरुदण्डमा चोटपटक लागि पक्षाघात हुँदा जीवन कष्टकर हुने जोखिम धेरै रहन्छ । यस्तो चोटपटक लाग्दा उचित उपचार गर्न सकेमा यो समस्याबाट बच्न सकिन्छ तर यस्तो अस्पतालहरु हाम्रो समुदायमा निकै दुर्लभ रहेको पाइन्छ। यदि यस्ता बिरामीले उपचार पाईहालेमा पनि कुनै कारण वश पक्षाघात भएकाहरुले ह्वीलचियरको साहारा लिँदा दिनचर्या सहज हुननिकै गाह्रो हुने गर्दछ ।

यस्तै मेरुदण्ड चोटपटक (स्पाइनल इन्जुरी) को उपचार र पक्षघात भएकाहरुको पुनस्थापनाका लागि भरतपुर–३ बाह्रघरे सानो मझुवामा अस्पताल बनाउने योजना गरिएको छ। यसका लागि नारायणगढमा एक वृद्ध व्यक्तिले तीन करोड रुपैयाँ दान दिने भएका छन् ।

उनले तीन करोड रुपैयाँ दिने पक्का भएसंगै सोमबार दिउँसो भरतपुर–३ बाह्रघरे सानो मझुवामा स्पाइनल इन्जुरी अस्पताल तथा पुनस्थापना केन्द्रको शिलान्यास समेत गरिएको छ। अस्पतालका लागि तिन करोड दान गर्ने वृद्ध व्यक्ति नारायणगण् निवासी ९० वर्षीय उदयकुमार पिया हुन् भने सोमबार उनी निकै खुशी समेत देखिन्थे ।

प्रतिक्रिया दिनुहोस