“स्वास्थ्य मन्त्रालय को निर्देशन” बिरामीका आफन्त,लाई अक्सिजन खोज्न नलगाउनू”

“काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ ।”

“मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताए ।

“अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना अएको छ’ उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’”

“अक्सिजन अभाव भएको भन्दै धेरै अस्पतालले बिरामी पक्षलाई नै खोज्न लगाउने गरेका छन् ।”

“यो पनि :-“१० नेताले पाए एमाले एकता,को जिम्मेवारी : रावल र नेम्वाङको नेतृत्व,मा कार्यदल”

“काठमाडौं : सत्तारुढ नेकपा (एमाले) भित्र लामो समय देखिको आन्तरिक विवाद समाधानको जिम्मेवारी १० नेताले पाएका छन्। आइतबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले विवाद समाधानका लागि पाँच–पाँच सदस्यीय कार्यदल बनाएका हुन्।”

“अध्यक्ष ओली समूहको कार्यदलको नेतृत्व पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाएका छन् भने नेपाल समूहको कार्यदलको नेतृत्व पार्टी उपाध्यक्ष भीम रावललाई दिइएको छ।”

“नेम्वाङ नेतृत्वमा बनेको ओली समूहको कार्यदल सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमालसहित पाँच नेता रहेका छन् भने रावल संयोजकत्वमा बनेको नेपाल पक्षको कार्यदलमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्।”

“ओली र नेपाल पक्षको वार्तापछि पत्रकारसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले कार्यदललाई तीन दिनको समय दिएको जानकारी दिए। तीन दिनमा कार्यदलले पार्टी एकताको प्रतिवेदन तयार पर्नेछ।”

“प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग भएको वार्ता सकारात्मक भएको बताए। वार्तापछि बाहिरिनेक्रममा पत्रकारको जिज्ञासामा ओलीले वार्ता सकारात्मक भएको बताएका हुन्।”

“शुक्रबार सिंहदरबारमा ओली र नेपाल पक्षका नेताको छलफलले पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेता ओली र नेपाललाई दिएको थियो।”

“एमालेको नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा छ। ओली र नेपालबीच वैशाख २७ गते करिब चार घण्टा भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो।”

“सोही सहमतिअनुसार शुक्रबार बसेको शीर्ष नेताको बैठकले सहमति कार्यान्वयका लागि कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएको थियो।”

प्रतिक्रिया दिनुहोस