को-रोना सङ्क्रमित बिरामीका लागि आयो खुशीको खबर !

को-रोना सङ्क्रमित बिरामीका लागि आयो खुशीको खबर ! को- रोना भाइरसबाट सङ्क्रमित बिरामीका लागि अत्यावश्यक रहेको अक्सिजन आपूर्ति ९५ प्रतिशतले व्यवस्थापन भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले बताउनुभयो ।

हा-हाकारनै मच्चिएको थियो तर सबैतिरबाट व्यवस्थापन भएकाले ९५ प्रतिशत समधान भएको छ । आउने साताभित्र शतप्रतिशत आपूर्ति हुनसक्ने गरी व्यवस्थापन भएको उहाँले बताउनुभयो । ओमानबाट ५६० थान र चीनबाट दुई हजार थान सिलिण्डर सरकारले ल्याएको छ भने निजी कम्पनीहरुले समेत सिलिण्डर ल्याएकाले चार हजारभन्दा बढी सिलिण्डर भित्रिएको मन्त्रालयको तथ्याङ्क छ ।

१८ हजार सिलिण्डर ल्याउने अन्तिम तयारी भएकाले यो साताभित्र अक्सिजनको समस्या सबै हल हुने प्रवक्ता गौतमले जानकारी दिनुभयो । यो खबर हिजाेकाे गोरखापत्र दैनिकमा रहेकाे छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस