भोलि बाहिर निस्किदै हुनुहुन्छ ? सावधान ! भर्खरै आयो मौसम विभागले दिए यस्तो ख तराको चे तावोनी

काठमाडौं । मौसम पूर्वाुनमान महाशाखाले केही दिनयता देशभर वर्षा जारी छ।यसै क्रममा आज राति पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छमहाशाखाले अघि (सोमबार) साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

प्रदेश २ का एक वा दुई स्थानमा भने मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना छ।

यस्तै भोलि मंगलबार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको पनि सम्भावना छ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १, प्रदेश नं २, बागमती प्र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार ७ गते (सोमबार)

राती : देशभर सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ असार ८ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ असार ९ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मति प्रदेश, सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी

देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश २ का एकरदुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको र पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतहमा सामान्य बृध्दि हुन सक्ने तथा यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस