कोभिड संक्रमितको संख्या २ हजार मुनि झर्न सकेन,२४ घण्टमा २४ सय बढि संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल अधिराज्यभर थप २ हजार ४ सय ७४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । सोही अवधिमा कोरोना संक्रमणका कारण २४ जनाले ज्यान गुमाएका छन् ।

१२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणलाई जित्नेको संख्या २ हजार ५ सय १८ रहेको छ । नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस