बहुचर्चित चलचित्र कृषको नयाँ सिक्वेल आउदै

 

काठमाडौं । बहुचर्चित अभिनेता ऋतिक रोशन अभिनित हिट चलचित्र कृष को स्क्वेल बन्ने भएको छ । अभिनेता ऋतिक रोशनले चाँडै नै कृषको सिक्वेल बनाउने घोषणा गरेका हुन् । यसअघि ऋतिक रोशनले अभिनय गरेको कृष फिल्मले १५ बर्ष पुगेको अबसरमा कृष ४ को घोषणा गरका हुन् । उनले भनेका छन् पहिला बनाएको फिल्मको १५ बर्ष पुरा भइसक्यो

अब भबिश्य कस्तो लिएर त्यो देख्न बाकी छ ‘कृष ४’ ।’ ‘कृष’ बलिउडमा सफल फ्रेन्चाइ फिल्म मध्य एक हो । करिव दुई बर्ष अगाडि ‘कृष-४’ छिट्टै फ्लोरमा निस्किएर २०२०को क्रिसमसमा रिलिज हुने हल्ला चलेको थियो । त्यसपछि निर्माता, निर्देशक राकेश रोशनले अब्ठ्यारो समयका कारण फिल्म रोकिएको बताएका थिए । सो समय उनले फिल्मको लेखन कार्य भइरहेको र  ढिला हुने जानकारी दिएका थिए ।यसअघि कृष फ्रेन्चाईज अन्तर्गत २००३ मा कोई मिल गया २००६ मा कृष र २०१३ मा कृष ३ रिलिज भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस