वर्षा याममा पाइने कर्कलो यस्ता रोगिले भुलेर पनि सेवन नगर्नुहोस् , बन्नसक्छ ख,तरा!

कर्कला गाउँघरमा पाइने एक तरकारी हो। हामी कर्कलाको फल र पात नै तरकारी बनाएर खाने गर्छौँ । कतिलाई यसको तरकारी मन पर्न पनि सक्छ कतिलाई मन पर्दैन।

हामीले तरकारीको रुपमा खाइरहेको भएपनि हाम्रो शरीरको लागि कति फाइदा छ भन्ने बारेमा भने त्यति जानकार छैनौँ । कर्कलाको सेवनले हाम्रो शरीरलाई निकै फाइदा पु-याउँछ।

यसमा फाइवर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्वहरु पाइन्छ । आज हामी कर्कला सेवन गर्दाको फाइदा र बेफाइदा बारे जानकारी दिन गइरहेका छौँ।

यस्ता छन् कर्कला खाँदाका फाइदाहरु

पिसाब पोल्ने समस्या हटाउँछः कर्कलाको पातको रस १० ग्राम निकालेर ३/४ दिनसम्म सेवन गर्नुहोस् । तपाइको पिसाब पोल्ने समस्या हटेर जान्छ ।

वायू विकार भइरहेमाः लगातार वायू विकार भइरहेमा कर्कलाको पात उमालेर छान्नुहोस् । त्यसमा थोरै घीउ मिसाएर केहि दिन सेवन गर्नाले वायू विकारको कारण हुने समस्या दूर भएर जान्छ ।

हृदय रोगमा लाभदायीः हृदय रोग भएका व्यक्तिले कर्कलाको तरकारी बनाएर कम्तिमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ ।

उच्च रक्तचापमाः उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कला पनि मिसाउदा अति लाभदायी हुन्छ ।

ब्लडप्रेसर नियन्त्रणमा राख्छ : यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेशियम लगायतका पोषक तत्वहरु हुन्छ । यसको सेवनले ब्लड प्रेसर नियन्त्रणमा राख्छ ।

घाउबाट रगत बगेमा: कर्कलाको काण्ड पोलेर खरानी बनाउनुहोस् । त्यसमा थोरै तेल राखेर घाउ भएको ठाउँमा लगाउनुहोस् । तपाईको घाउबाट रगत बग्न छोड्छ ।

पित्तको समस्या भएमा : कर्कलाको कलिलो पातको रस १० ग्राम जति निकाल्नुहोस् । त्यसमा जीरा पिसेर मिलाउनुहोस् र सेवन गर्नुहोस् । पित्तको समस्या हटेर जान्छ ।

दुध कम आएमा : बच्चाको दुध कम आएमा आमाले नियमित रुपमा कर्कलाको सेवन गर्नुपर्छ ।

यस्ता व्यक्तिले कर्कलाको सेवन नगर्नुहोस्

घाँटीको जलन : घाँटीमा जलन भएका व्यक्तिले कर्कलाको सेवन नगर्नुहोस् । यस्ता विरामीलाई कर्कला विष बनिन सक्छ ।

दमको विरामी : दमको विरामीले पनि कर्कलाको सेवन नगर्नुहोस् । कर्कलाको सेवनले पेटमा कफ बढाउन पनि सक्छ ।

वाथको रोग : वाथको रोग भएमा पनि कर्कलाको सेवन नगर्नुहोस् । यसको सेवन हानीकारक हुन्छ ।

गर्भवती महिलाले सेवन नगरेको राम्रो : गर्भवती महिलाले पनि कर्कलाको सेवन नगरेकै राम्रो हुन्छ । यसको सेवनले वात विकारको समस्या ल्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस