अनुहारमा सँधै चमक ल्याउन यसरी बनाउनुुस घरायसी प्याक

अनुहार फुस्रो हुने, चाया आउने, फुट्नेजस्ता समस्याले आम व्यक्तिलाई सताउने गर्छ । यस्तो समस्याको सिकार महिला तथा पुरुष दुवै हुने गरेको पाइन्छ ।तर, खास तनावमा महिला नै हुन्छन् । छालालाई पर्याप्त पोषण दिने, अनुहारको फोहोर हटाउनेजस्ता काम गर्दा चाया हटेर चमक आउँछ ।ब्युटिसियन हेनसन शाक्यले अनुहारको स्वास्थ्यका लागि केही घरायसी प्याक बनाउने र लगाउने तरिका सिकाएकी छिन्ः

प्याक १ सामग्री: एक चम्चा काँचो दूध । आधा चम्चा कागतीको रस । आधा चम्चा गोलभेँडाको रस । थोरै पाउरोटीको सेतो भाग ।नाउने विधि: दूध, कागती र गोलभेँडाको रस आपसमा मिसाएर घोल्नुहोस् ।

यसमा आवश्यकताअनुसार थोरै पाउरोटीको सेतो भाग मिसाएर पेस्ट तयार गर्नुहोस् । पाँच मिनेटमै प्याक अनुहारमा लगाउन तयार हुन्छ ।लगाउने तरिका: रातिको समयमा प्याक लगाउनु उत्तम हुन्छ । प्याक लगाएर २० मिनेटपछि चिसो पानीले अनुहार हल्कासँग पखाल्नुहोस् ।

यो प्याक नियमित प्रयोग गर्दा अनुहारको चाया, डेड सेललगायत सबै फोहोर हट्छ । अनुहारमा चमक ल्याउँछ ।प्याक २ सामग्री: दुई–तीन पत्ता कालो तुलसी । तीन–चार थोपा कागतीको रस । दुई थोपा मह । बनाउने विधि: तुलसीको पातलाई राम्रोसँग पिस्नुहोस् । यसमा मह र कागतीको रस मिसाएर पेस्ट तयार पार्नुहोस् ।

लगाउने तरिका: प्याक बनाएपछि राति सुत्नुअघि पूरै अनुहारमा लगाउनुहोस् । समस्या भएको स्थानमा केही बढी लगाउन सकिन्छ । बढीमा आधा घन्टा अनुहारमा राखेपछि चिसो पानीले भिजाउँदै प्याक सफा गर्नुहोस् । हरेक दिन यो प्याक प्रयोग गर्दा अनुहारको अनावश्यक फोहोर हटेर चमक आउन थाल्छ ।

प्याक ३ सामग्री: ठूलो एक चम्चा मुंग दालको पाउडर । सानो एक चम्चा दही । एक–एक चम्चा अन्डाको सेतो र पहेँलो भाग । आधा चम्चा मह । एक चिम्टी बेसार । आधा भाग कागतीको रस ।

बनाउने विधि: सबै सामग्रीलाई एउटा भाँडोमा राखेर राम्रोसँग फिट्नुहोस् र प्याक तयार पार्नुहोस् ।गाउने तरिका: प्याकलाई अनुहारमा लगाउनुहोस् र हल्का मसाज गरेर आधा घन्टासम्म छाडिदिनुहोस् । आधा घन्टापछि चिसो पानीले हल्का भिजाउँदै पखाल्नुहोस् । बेसारको मिश्रणमा बनेको यो प्याक नियमित लगाउँदा खासगरी चायापीडितलाई निकै राहत मिल्छ ।

प्रतिक्रिया दिनुहोस