कागती सेवन गर्नुका बेफाइदा पनि छन्, यस्ता अवस्थामा त भुलेर पनि खानु हुदैन !

कागती सेवन गर्नुका बेफाइदा पनि छन्, यस्ता अवस्थामा त भुलेर पनि खानु हुदैन ! कागती सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ ।

तर यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि पर्ने गर्दछ । कागतीमा पाइने सिट्रस ए-सिडले दाँतलाई धेरै नै हानी पु-याउन सक्छ । यदि तपाईं धेरै मात्रामा कागतीको सेवन गर्नुहुन्छ भने दाँत कुँडिने वा झन्झनाहट हुने समस्या आउन सक्छ त्यसबाहेक यस्ता छन् कागतिका बेफाइदाहरु:-

१) माइग्रेन र टाउको दुख्ने:- कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसै कारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।

२) पेट खराब हुने:- यदि तपार्इं दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उ-ल्टि आउने सम्भावना हुन्छ ।

३) मिर्गाैला र पित्ताशयको थैलीको समस्या:- कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रुप लिन सक्छ ।

४) छाला ड-ढ्ने-:- हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा सनब-र्नको समस्या पनि हुन सक्छ । ५) डिहाइड्रेसन:- कागती पानी पिउनाले बारम्बार पि-साब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ ।

६) दाँत झन्झनाउने:- कागतीमा हुने सिट्रस ए-सिडले दाँतलाई असर गर्छ । यदि तपाईंलाई कागती पानी पिउनु छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झ-नाहट हुने समस्या हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस