सामान्य रुघाखोकी भनेर ढुक्क नबस्नु, डेल्टा भेरिएन्टका कस्ता कस्ता छन् लक्षण ?

एजेन्सी । महामारीका कारण विश्वका धेरै शहरहरु अहिले समस्यामा छन् । लकडाउनको घोषणा गरिएका छन् । यस्तोमा फेरी को रोनाले आफ्नो स्वरुप परिवर्तन गर्दै गएको छ । स्वरुप परिवर्तनसंगै यसका लक्षणहरुमा पनि परिवर्तन हुँदै गएको छ ।

पछिल्लो समय निकै संक्रामक भनिएको डेल्टा र डेल्टा प्लस भेरियन्टका कारण फेरी एक पटक सर्वसाधारणलाई डर उत्पन्न गराएको छ । ताजा तथ्यांकले केही समययता तीव्र गतिमा फैलिरहेको डेल्टा भेरिएन्टबाट संक्रमितले पछिल्लो वर्ष सुरुवातका लक्षणभन्दा फरक अनुभव गरिरहेका छन्।

भारतीय मिडिया अमर उजालाले बेलायतको ताजा विवरणले साधारण रुघाखोकी पनि अब कोरोनाको लक्षण हुन सक्ने देखाएको जनाएको छ ।

अस्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीअन्तर्गत संक्रामक रोग एवं भाइरोलोजिस्ट अनुसन्धान प्रमुख लारा हररोका अनुसार हरेक मानिसमा प्रतिरक्षा प्रणाली फरक फरक हुन्छन्। यसैकारण एकै भाइरसले गर्ने संक्रमणमा पनि अलग अलग लक्षण देखिन सक्छन्।

बेलायतमा मोबाइल एपको स्वचालित रिपोर्टिङ प्रणालीबाट प्राप्त जानकारीअनुसार कोरोनाका सामान्य लक्षणमा परिवर्तनको संकेत देखिएका छन्। ज्वरो र खोकी यसका सबैभन्दा सामान्य लक्षण हुन्। टाउको र घाँटी दुख्ने लक्षण पारम्परिक रूपमा केही मानिसमा देखिइरहेको थियो। तर नाकबाट तर पदार्थ बग्ने लक्षण बिरलै पाइएको थियो। यस्तै सुँघ्ने क्षमता कमजोर हुनु पनि गत वर्ष प्रमुख लक्षण मानिएकामा अहिले यो नवौं स्थानमा झरेको छ। ​

हरेरो भन्छन्, ‘हामीले डेल्टा भेरिएन्टबारे अझै धेरै जानकारी प्राप्त गर्न आवश्यक छ। तर अहिलेसम्मको अध्ययनले हामीले रुघाखोकी तथा चिसो लाग्नु (नाकबाट तरर पदार्थ झर्नु, घाँटी दुख्नु) लाई सामान्य ठानिरहेका छौं, योसमेत संक्रमणका लक्षण हुन सक्ने देखाएको हो।’

ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएपछि संक्रमण युवामा बढी देखिन थालेको छ। उनीहरूलाई हल्कादेखि मध्यसम्म लक्षण देखिएका छन्। यो भाइरसको क्रमिक विकास तथा डेल्टाका विभिन्न विशेषताका कारणले पनि हुन सक्छ। तर लक्षण परिवर्तन हुनाको खास कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस