यस्तो छ पछिल्लो २४ घण्टाको कोरोना अपडेट

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा २० जनाले ज्यान गुमाएका छन् ।
यो पनि
३७ वर्ष पछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगद सहित पुरस्कृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गर्नुभएको हो । २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए । गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । सोही नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो । यस्तै प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित भइ फाइनल खेल हेर्नुभएको थियो । सोही क्रममा विजेता लाई पुरस्कार दिने घोषणा गरेका थिए । थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४÷४ लाख दिने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको थियो । फाइनलमा नेपाललाई उपाधि दिलाउन सजोक राई र विशाल राईले एक÷एक गोल गरेका थिए । ३७ वर्षपछि घरेलु भूमिमा उपाधि जितेको नेपालले सन १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस