बाहिर निस्किदै हुनुहुन्छ ? सावधान ! भर्खरै आयो मौसमसमबन्धि यस्तो डरलाग्दो अपडेट

काठमाण्डाै – मौसमविद्ले अबको तीन दिन नै पानी पर्ने सम्भावना रहेको बताएका छन् । केही दिनयता देशभर पानी परिरहेको छ । यो क्रम तत्काल रोकिने अवस्था नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार लगातार झरी पर्ने सम्भावना भने छैन तर पानी पर्दै रोकिने क्रम भने अझै केही दिन चलिरहने छ ।

बङ्गालको खाडीबाट जलवाष्युक्त हावा नेपाल भित्रिरहेकाले पनि मनसुन थप सक्रिय भएको छ । गएराति प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । रुपन्देहीमा एक सय मिलीमिटर पानी परेको छ । यस्तै, डडेल्धुरामा १ सय १० मिलीमिटर, डोटीमा ८८ मिलीमिटर र नवलपरासीमा ९७ मिलीमिटर वर्षा भएको मापन गरिएको छ ।

आज पनि प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । प्रदेश-२, लुम्बिनी र कर्णाली प्रदेशमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् नगरकोटीले बताउनुभयो । अझै केही दिन पानी पर्ने सम्भावना रहेकाले भिरालो जमिनमा पहिरो जाने र नदी तथा खोला आसपासमा बाढीको जोखिम हुने भएकाले आवश्यक सावधानि अपनाउन मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया दिनुहोस